१५ शैयाकाे धनकुटा अस्पताललाई सय शैयाको भन्दै मुख्यमन्त्रीले गरे उदघाटन

धनकुटा, ७ कातिक । गत १ कात्तिकमा धनकुटा जिल्ला अस्पताललाई सय शैयाको स्तरोन्नति गरिएको भनेर प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उदघाटन गरे। अहिले १५ शैया रहेको जिल्ला अस्पताललाई प्रदेश सरकारले लगानीमा शैया थप गरेर स्तरोन्नति गरिएको भनिएको थियो।

प्रदेश सरकारले केही समयअघि धनकुटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो। सोहीबमोजिम अस्पताललाई सेवासुविधा सम्पन्न बनाइने भनेर मुख्यमन्त्री उदघाटन गरेका हुन। आचार्यले जिल्ला अस्पताललाई सय शैयाको बनाएर विस्तारै त्यसलाई थप बढाएर शिक्षण अस्पतालको रूपमा विकास गरिने बताए।

मुख्यमन्त्रीले एक सय शैयाको अस्पताल उदघाटन गरे पनि सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको धनकुटा अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले बताए। सय शैयाको बनाउन न त डीपीआर नै बनाइएको छ, न त अन्य कुनै काम नै सुरु गरिएको छ।

मुख्य विषय धनकुटा अस्पताललाई एक सय शैयाको बनाउन आवश्यक जग्गाको व्यवस्थापन नै भएको छैन। हाल धनकुटा अस्पतालको नाममा १६ रोपनी जग्गा रहेको र सय शैयाको अस्पताल चलाउन कम्तीमा ५० रोपनी जग्गा चाहिने धनकुटा अस्पतालका निमित्त प्रमुख विश्वकर्माले बताए। उनले धनकुटा अस्पताललाई स्तरउन्नति गर्न डिपिआरका लागि १५ लाख र भवन निर्माणमा एक करोड बजेट विनियोजन भएको बताए। बजेट विनियोजन भए पनि जग्गा नभएकाले डिपीआरको काम नै अघि नबढेको विश्वकर्माको भनाइ छ।

धनकुटा अस्पतालसँगै रहेका कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको जग्गा अस्पतालले लिएर काम गर्ने कि भन्ने कुरा भए पनि यकिन भने नभएको उनको भनाइ छ। १५ शैयाको अनुमति भए पनि जिल्ला अस्पताललाई ४० शैयासम्म चलिरहेको अस्पतालले जनाएको छ। धनकुटा अस्पताललाई सय शैयाको सञ्चालन गर्न हाल रहेको पूर्वाधारले मापदण्डअनुसार नसकिने अस्पतालका निमित्त प्रमुख डा. विश्वकर्मा बताउँछन्।

सरकारी मापदण्डअनुसार सय शैयाको अस्पताल सञ्चालन गर्न विभिन्न आठवटा विभाग सञ्चालन गर्नुपर्ने हुन्छ। अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक रोग, फिजिसियन, छाती रोग, हाड रोग, नाक कान घाँटी रोग विशेषज्ञको आवश्यकता हुन्छ। तर, धनकुटा अस्पताल दुई वर्षदेखि नै निमित्तको भरमा सञ्चालन भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।