प्रदेश १ मा आज थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, कानेपोखरी, बेलबारी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १३, दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ५, शिवसताक्षी र अर्जुनधारामा २–२, मेचीनगर, बाहृदशी, कचनकवल, गौरादह, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ४, धरानमा २, इनरुवा, बराहक्षेत्र, गढी र हरिनगरमा १–१, खोटाङको जन्तेढुङ्गा, उदयपुरको चौदण्डीगढी, पाँचथरको फिदिम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र २३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।