बाजुरामा भेरोसेल खोप लगाइँदै

मार्तडी, १० कात्तिक । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका यहाँका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप बिहीबारबाट लगाइँदै छ । कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले राससलाई बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका १८ वर्ष माथिका नागरिकलाई मात्र दोस्रो चरणको खोप लगाइने छ । खोपको मात्रा जिल्लामा कम भएकाले २३ हजार ९५ जनालाई मात्र खोप लगाइने र नयाँ खोप लगाउन इच्छुक नागरिकलाई खोप लगाउन सम्भव नभएको वरिष्ठ जनस्वासथ्य अधिकृत पन्तको भनाइ छ ।

बिहीबारबाट सुरु हुने कोरोना विरुद्धको खोप जिल्लाका ६९ वडाका ८४ खोप केन्द्रमार्फत लगाइने स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर तथा सूचना अधिकारी महेश चन्दले जानकारी दिनुभयो । सबै पालिकामा दोस्रो चरणको कोरोना विरुद्धको खोप भेरोसेल पुगिसकेकाले बिहीबारबाट सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । जिल्लका नौ पालिकाका १३ हजार ८९४ महिला र नौ हजार २०१ पुरुष गरी २५ हजार ९५ जनालाई दोस्रो चरणको कोरोना विरुद्धको भेरोसेल खोप लगाइने खोप सुपरभाइजर चन्दले बताउनुभयो ।

कुन पालिकामा कति जना ?

जिल्लाका नौ पालिकामा एकैसाथ कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । नौ पालिकाका २३ हजार ९५ जनाले दोस्रो चरणको खोप लगाउन पाउने भएका छन् । यहाँका बडीमालिका नगरपालिकामा एक हजार ८६७ महिला र एक हजार २३३ पुरुष गरी तीन हजार एक जनाले भेरोसेल खोप लगाउने भएका छन् ।

यस्तै बूढीगङ्गा नगरपालिकामा दुई हजार ११० महिला र एक हजार २३८ पुरुष, त्रिवेणी नगरपालिकामा दुई हजार १८३ महिला र एक हजार २१८ पुरुष, खप्तड छेडेदह गाउँपालिकामा एक हजार ६६६ महिला र एक हजार ५० पुरुष, गौमुल गाउँपालिकामा एक हजार २३३ महिला र ८१९ पुरुषले खोप लगाउन पाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

उहाँका अनुसार बूढीनन्दा नगरपालिकामा दुई हजार ४४८ महिला र एक हजार ७१८ पुरुष, स्वामीकार्तिक खापर गाउँपालिकामा ८७४ महिला र ६५३ पुरुष, हिमाली गाउँपालिकामा ६७८ महिला र ६४९ पुरुष, जगन्नाथ गाउँपालिकामा ८३५ महिला र ६२३ पुरुषले पनि सो खोप लगाउने भएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।