ढिस्कोमा पु,रिएर बालिकाको मृ,त्यु, पाँच घा,इते
लहान, १० कात्तिक । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एकबालिकाको मृ,त्यु भएको छ भने पाँचजना घा,इते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृ,त्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट माटो झिक्ने क्रममा ढि,स्को ख,सेर पुरिएको र निकाल्ने प्रयास गरे पनि करिश्मालाई जीवितै उद्धार गर्न नसकिएको स्थानीयवासी सन्तोष साहले जानकारी दिनुभयो ।
ढिस्कोमा परेर करिश्माकी आमा ममतादेवी कामैत, स्थानीयवासी महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षीया छोरी रुवि कामत घा,इते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुुबास ढकालले जानकारी दिनुभयो । घा,इतेमध्ये राजकुमार यादवकी १० वर्षीया छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
भक्तपुर, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताउनुभएको छ । संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताउनुभयो । उहाँले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
सो अवसरमा संस्थागत विद्यालय अभिभावक सङ्घका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई सङ्घले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भूमिका राख्दै निजी विद्यायका अभिभावकको समस्या समाधानको लागि कार्य गर्दै आएको जानकारी गराउनुभयो । सङ्घीय, प्रदेश र स्थानीय तहसम्म संस्थागत विद्यालय अभिभावक सङ्घलाई सहभागी गराई शिक्षाका नीति निर्माण, शुल्क निर्धारण, विद्यालय अनुगमन, पाठ्यक्रम विकास र कानून निर्माणमा सहभागी गराउन आग्रह गर्नुभयो । उहाँले निःशुल्क शिक्षा भने पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष कोषबहादुर जिसीले अभिभावक सङ्घको सहभागितामा शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने, विद्यालय वर्गीकरण, अनुगमनमासमेत अभिभावकको प्रतिनिधि हुने गरी नीतिगत रुपमा व्यवस्था नहुँदा समस्या आएको मन्त्री पौडेललाई जानकारी गराउनुभयो । सङ्घका महासचिव रामचन्द्र सुवेदी, सचिव रामकृष्ण प्रजापतिलगायतले संस्थागत विद्यालयमा भएका समस्याकाबारेमा अवगत गराउनुभएको थियो ।


