अबिरल बर्षाका कारण धनकुटाको २ हजार ३ सय १३ हेक्टरमा लगाएको धानबाली स’खाप
धनकुटा,११ कार्तिक । पहिलो साता परेको अबिरल बर्षाका कारण धनकुटाको २ हजार ३ सय १३ हेक्टरमा लगाएको धानबाली स खाप
भएको छ ।
कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार शहिदभूमी गाउँपालिकामा १ हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ त्यस्तै चौबिसे गाउँपालिकामा लगाएको २ सय ५० हेक्टर, पाख्रिवास नगरपालिकामा लगाएको १ हजार २ यस ५० हेक्टर, महालक्ष्मी नगरपालिकामा लगाएको २ सय ५० हेक्टर, धनकुटा नगरपालिकामा लगाएको १ सय ९७ हेक्टर, छथरजोरपाटी गाउँपालिकामा लगाएको २ सय हेक्टर र साँगुरीगढी गाउँपालिकामा लगाएको १सय ६५ हेक्टर धानबालमा पूर्ण क्ष ति भएको कृषि ज्ञानकेन्द्र धनकुटा सुचना अधिकारी सुरज खनालले जानकारी दिनु भयो ।
जसबाट ६ हजार ९ सय ३६ मेट्रिटन धान न ष्ट भएको छ । धनकुटामा करिब ६ हजार हेक्टर क्षेत्रफमामा मंसिरे धान खेति हुने गरेको छ ।


