दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति प,क्राउ

काठमाडौँ, ११ कात्तिक । काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति प,क्राउ परेका छन् । प,क्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह स्याङ्बो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्रबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा चरेस फेला पारेपछि प,क्राउ गरिएको जनाइएको छ ।

यसैबीच सोही ठाउँस्थित सडकबाट १५० ग्राम गाँजा र ९०० ग्राम चरेससहित ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्ने ३४ वर्षीय अविनाश राजभण्डारीलाई समेत प,क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

ठगी गर्र्न खोज्ने प,क्राउ

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौँ गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का २७ वर्षीय मीनबहादुर पाइनलाई प,क्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको साथबाट ५० दरका ११ थान अमेरिकी डलर, एक दरको १ थान, २० दरको ३३९ थान, १० दरको ३६७ थान डलर, चार थान मोबाइल, प्रदेश ०२–३०प ६९१६ नंको मोटरसाइकल र रु पाँच लाख बरामद गरेको छ । उक्त घटनाका फरार अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।