दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य

दमौली, १३ कात्तिक ।तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक सङ्क्रमितको मृत्यु भएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिनुभयो । भानुमा पाँच, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दिपुरमा एक सक्रिय सङ्क्रमित छन् । सबै सङ्क्रमित होम आइसोलेशनमा छन् । जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच हजार दुई सय चार जना निको भएका छन् । यसक्रममा एक सय २४ सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

एक लाख बढीले लगाए खोप

तनहुँमा एक लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका एक लाख आठ हजार तीन सय एकले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार आठ सय ३८ रहेको छ । जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एष्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ । त्यसक्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्षमाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ ।

गण्डकीमा नौ लाखले लगाए खोप

गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार चार सय १५ ले पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या छ लाख २२ हजार नौ सय ६७ रहेको छ । गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार एक सय नौ ले दुवै, कास्कीमा दुई लाख ७८ हजार दुई सय ९७ ले पहिलो र एक लाख ८८ हजार छ सय २९ ले दुवै, लमजुङमा ६९ हजार सात सय ६७ ले पहिलो र ५० हजार नौ सय ८५ ले दुवै, नवलपुरमा एक लाख आठ हजार ६३ ले पहिलो र ६९ हजार पाँच सय ९६ ले दुवै, बागलुङमा ७४ हजार एक सय १५ ले पहिलो र ५० हजार तीन सय ७२ ले दुवै, म्याग्दीमा ३९ हजार पाँच सय ३२ ले पहिलो र २१ हजार तीन सय ३६ ले दुवै, पर्वतमा ४४ हजार चार सय १८ ले पहिलो र ३७ हजार तीन सय ८६ ले दुवै, स्याङ्जामा ९८ हजार चार सय ४० ले पहिलो र ७१ हजार आठ सय ४३ ले दोस्रो, मनाङमा पाँच हजार ८८ ले पहिलो र चार हजार चार सय ७९ ले दोस्रो, मुस्ताङमा छ हजार तीन सय २७ ले पहिलो र छ हजार तीन सय ९४ ले दुवै मात्रा लगाएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।