अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण गर्दै

चितवन, १५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिनुहुने भएको छ । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ ।अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उहाँले बताउनुभयो ।

ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन आउँदै हुनुहुन्छ । चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उहाँ महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले जानकारी दिनुभयो । दुई दिनको चितवनको बसाईका क्रममा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन् । यहाँको बसाईका क्रममा विभिन्न नेता कार्यकर्ता भेटघाट कार्यक्रम रहेका छन् । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो ।

यो पनि पढ्नुहोस्..‘पूर्वाधार विकासमा हेभिइक्विपमेन्टको भूमिका महत्वपूर्ण’
काठमाडौँ, १५ कात्तिक। भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभि इक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । दीपावली, नेपाल संवत एवं छठपर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देश विकासका लागि हेभिइक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय छ भन्नुभयो । “हेभि इक्विपमेन्ट व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि मन्त्रालयले सम्बोधन गर्नेछ”, उहाँले भन्नुभयो ।

महासङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीका समयमा हेभिइक्विपमेन्ट क्षेत्रले समस्या भोग्नुपरेको जनाउँदै समस्या समाधानका लागि मन्त्रालयले पहल गर्न माग गर्नुभयो । महासङ्घका महासचिव सुरेश खत्रीले हेभिइक्विपमेन्टको चर्को बिमा शुल्क तथा उचित पार्किङको व्यवस्थापनलगायतका विद्यमान समस्याका बारेमा हेभिइक्विपमेन्ट व्यवसायीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖