प,हिराले क्ष,तविक्षत बनायो मिक्लाजुङलाई

रवीन्द्र काफ्ले,पाँचथर, १५ कात्तिक । ‘पच्चिस सालको पैरो, निङ्वा मैरो’ अर्थात विसं २०२५ मा गएको प,हिराले मन उडायो, वीरक्त लगायो । लिम्बू समुदायमा धान नाच नाच्दा गाइने पालाम(दोहोरी)को यदाकदा सुनिने एक पङ्ति हो यो । दुई पक्षले सवाल–जवाफमा गाइने पालाममा विसं २०२५ मा बेमौसमी वर्षाका कारण आएको पहिराले पु¥याएको क्षतिका विषय समेटिएका छन् दोहोरीमा । मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका पदमशेर लावतीका अनुसार पालाममा भनिएअनुसार त्यसबेलाको पहिराले मन मात्रै उडाएको थियो तर यसपालिको पहिराले भने आँसु पनि झा¥यो । पहिरामा परी उहाँका छोरा विष्णुबहादुरको मृत्यु हुनाका साथै खेतबारीमा पनि ठूलो क्षति पु¥यायो ।

बेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा मिक्लाजुङ गाउँपालिका क्षतविक्षत बनेको हो । गत कात्तिक १ गतदेखि ३ गतेसम्म निरन्तर परेको वर्षाले यहाँका सयौँ स्थानमा पहिरो झरेको छ । यत्रतत्र पहिरो झर्नाका साथै खोला तथा खोल्सीमा बाढी आएर मानवीय तथा भौतिक क्षति पनि पु¥याएको छ । पहिराका कारण गाउँपालिकाको वडा नं ५ र ७ को स्वरुप नै बदलिएको छ । खेतीयोग्य जमिन भीर, पाखो र बगर बनेका छन् । सयौँ घरमा क्षति पुगेको छ । भूकम्पले जस्तै पहिराले जमिन क्षतविक्षत हुँदा स्थानीयवासी कहाँ जाने भन्ने चिन्तामा छन् । बाँकी छ वडामा पनि पहिराले क्षति पु¥याएको छ ।

गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार पहिराबाट भौतिक संरचनामा भएको क्षतिको विवरण अझैसम्म यकिन हुन सकेको छैन । यहाँका हजारौँ घर, गोठमा पूर्ण वा आंशिक क्षति भएको छ । स्थानीयवासीका खेतबारीमा लगाइएको बाली त नष्ट भयो नै, ती ठाउँ भविष्यमा खेती लगाउन नमिल्ने भएको छ । सडक, खानेपानी, विद्युत्, सिँचाइ, विद्यालय, मठमन्दिरलगायत भौतिक संरचनामा पुगेको क्षतिको विवरण वडाले तयार पार्न सकेका छैन ।“सबै ठाउँमा ठूलो क्षति पुगेको छ । बाटा बन्द छन्, विद्युत अवरुद्ध छ”, अध्यक्ष माखिमले भन्नुभयो, “के–कति क्षति भयो भन्ने कुराको लगत सङ्कलन गर्न वडा कार्यालयहरुलाई भनेका छौँ तर ती कार्यालयले समेत तत्कालै पूर्ण विवरण तयार पार्नसक्ने अवस्था छैन ।”

पहिराका कारण गाउँपालिकाभित्रका अधिकांश सडक पनि क्षतविक्षत बनाएको छ । राँके–रवि–भेडेटार सडकको कन्याटार–कम्फ्युटार खण्डमा मात्रै सयौँ साना–ठूला पहिरा झर्दा सडक खुलाउन हप्तौँ लाग्नसक्ने अवस्था छ । विद्युत्का पोल तथा तार खोलामा पुगेका छन् । कतिपय सिँचाइ कुलोको नाम निशान नै मेटिएको छ । बाढी र पहिराका कारण मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु हुनाका साथै तीन जना अझैसम्म बेपत्ता छन् । बाढी र पहिराले विस्थापित बनेका सयौँ स्थानीयवासी छरछिमेकी तथा आफन्तकहाँ शरण लिएर बसेका छन् । घरबार नहुनेहरू पुनःस्थापनाको प्रतीक्षामा छन् भने घरबार भएकाहरू जोखिमयुक्त स्थानमा बनेर अन्यौलमा दिन काटिरहेका छन् । पहिराले घर बगाएपछि स्थानीय क्लबको सहयोगमा बसिरहेका लेखगाउँका रविन राईले भन्नुभयो, “अहिलेसम्म गाउँपालिकाका अध्यक्षबाहेक कोही पनि हामीलाई भेट्न आएका छैनन् । खोइ कहाँबाट सहयोग पाइएला र घर बनाउन सकिएला ?”

वडा नं ५ निवासी भकेन्द्र लावतीका अनुसार पहिराका कारण गाउँको संरचनामै परिवर्तन भएको छ । भूकम्पले जस्तै खेतबारी क्षतविक्षत बनाएकाले पुनः खेती लगाउन सकिने अवस्था नरहेको उहाँको भनाइ थियो । “हाम्रो वडाको ठूलो बस्तीलाई स्थानान्तरण गर्नु नै पहिरोबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान हो”, लावतीले भन्नुभयो, “वर्षा भएमा जोखिम उत्तिकै हुन्छ ।” आँगनसम्म पहिरो आए पनि डराएर आफ्नै ठाउँमा जीविका चलाउनाको विकल्प आफूहरुले पाउन नसकेको मिक्लाजुङ–१ अठभैयाकी सविना ठटालको भनाइ थियो । “डर त लाग्छ । यहाँ पहिले पनि पहिरो आएको थियो रे तर अन्यत्र जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष माखिम बाढी र पहिराले अकल्पनीय क्षति भए पनि कतैबाट सहयोग पाउन नसकेकामा दुःखी हुनुहुन्छ । “विद्युत्, बाटो, खानेपानी अवरुद्ध छ । धेरै संरचनाको पुनःनिर्माण अत्यावश्यक भए पनि ठोस सहयोग पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले गत कात्तिक ७ गते यस क्षेत्रको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने वचन दिनुभएको थियो तर दुई सातासम्म सरकारी उपस्थितिबिना जीवन गुजार्नुपर्दा पीडित निराश देखिन्छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।