भरतपुर पुगेर ओलि ले दिए येस्तो कडा चेतावनी

चितवन, १५ कात्तिक ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०÷५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।”

नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उहाँले कसैको तागतले रोक्न नसक्ने बताउनुभयो । पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उहाँले भन्नुभयो, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उहाँले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उहाँले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिनुभयो ।

नेकपा (एमाले) पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उहाँले यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी समाजवाद ल्याउन चाहन्छौँ, समाजवादको आधार तयार पार्न ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्नुपर्छ ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको बताउँदै ओलीले भन्नुभयो, “हामी देश बनाउन हिँडेका हौँ, पाँच दलीय गठबन्धन भत्काउन हिँडिरहेका छन् ।”

पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस् ।” उहाँले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिनुभयो । सो अवसरमा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेपाललाई राजनीतिक अस्थिरताको भुमरीमा धकेलिएको र फसाइएको भन्दै देशी विदेशी प्रक्रियावादीहरुले षड्यन्त्र गरिरहेको बताउनुभयो । आगामी निर्वाचनबाट जनताको मतबाट एमालेले देशको नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशमा समृद्धि र विकाससँगै अगाडि बढाएर राष्ट्रिय स्वाधीनताको जिम्मेवारी नेकपा एमालेको काँधमा आएको उहाँको भनाइ थियो ।

एमाले नेता प्रभु साहले केपी ओली बाचुञ्जेल साथ दिने भन्दै सच्चा कम्युनिष्ट नेतृत्व एमालेले गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा प्रदेश २ एमालेमय बन्ने दाबी गर्नुभयो । कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डे, माधव ढुङ्गेल, रामप्रसाद न्यौपानेलगायतले बोल्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।