धनकुटाकी पुजाले जितिन् ‘संग संगै’ टिकटक प्रतियोगिता
इटहरी । रचना रिमाल र पुर्ण लिम्बुको स्वरमा सजिएको ‘संग संगै’ गीतको टिकटक प्रतियोगिताको बिजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । केही समयअघि युट्युबमा सार्बजनिक भएको सो गीतको टिकटक प्रतियोगिता आयोजना भएको थियो । ‘टिकटक बनाउँ दशै तिहार मनाउँ’ भन्ने नारासहित आयोजना गरिएको यो प्रतियोगिता धनकुटाकि पुजा तामाङले जितेकी छन् ।
उनि देशभरका २२ जना भन्दा बढी प्रतिष्पर्धीबाट सबैभन्दा बढी लाईक तथा भ्युज प्राप्त गर्दै बिजेता भएकी हुन् । बुधबार ईटहरीको छानो रेस्ट्रो तथा बेकरीमा पुरस्कार वितरणको आयोजना गरिएको थियो । कार्यक्रममा उनले बिजेताको रुपमा जितेकी १५ हजार नगद पुरस्कार स्वरुप हस्तान्तरण गरिएको थियो ।
पुरस्कार हस्तान्तरण कार्यक्रममा सो भिडियोका गायक तथा संगीतकार पुर्ण लिम्बू, निर्देशक सुमन तामाङ, सम्पादक हेमन तामाङ तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।टिकटक प्रतियोगिता सो भिडियो उत्पादक कम्पनी कोशी भिजनको अफिसियल टिकटक एकाउन्टबाट सार्बजनिक गरिएको थियो । टिकटक भिडियो बनाएर पठाउनको लागि असोज १० गतेदेखि २५ गतेसम्म समयअवधि तोकिएको थियो ।
‘संग संगै’ को अफिसियल भिडियो ओएसआर डिजिटल युट्युबबाट सार्बजनिक गरिएको छ भने यसको स्टुडियो भर्सन कोशी भिजनको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गीतको भिडियोमा प्रदेसको जीवन त्यागेर अब आफ्नै देश, गाउघरमा भएको आफ्नो बाझो जमीनलाई हराभरा बनाउन आफ्नै श्रीमती संगै संगै बस्ने निर्णय भएको भाव प्रस्तुत गरिएको छ । प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको छ । गीतको छायाँकन तथा निर्देशन सुमन तामाङले गरेका छन् । म्युजिक भिडियोमा गीतका गायक पूर्ण र मनिषा सुनुवार फिचर्ड छन् भने सम्पादन हेमन तामाङले गरेका हुन् ।


