अब नक्कली फेसबुक आइडी बनाइएमा कारवाही

बैतडी, २१ कात्तिक । नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहनुभएका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले कारवाहीको माग गरिएको हो । केही महिनायता अनाधिकृत रुपमा फेसबुक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएकोे भन्दै सभापति नरेन्द्र सिंह थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । अनधिकृत रुपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारवाहीका लागि सम्बन्धित निकायसँग नेपाली कांग्रेसले प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी महाधिवेशनका लागि उपसभापति चन्दको नेतृत्वमा र पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा छुटृाछुटृै समूह घोषणा गरेर प्रचारप्रसार गर्न थालिएको छ । सभापतिका उम्मेदवार रहनुभएका चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उहाँ विरुद्ध अनाधिकृत रुपमा फेसबुक आइडी र पेज प्रयोग गरेको हुनसक्ने आशङ्का गरिएको छ।

यो पनि पढ्नुहोस्..भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने
सर्लाही, २१ कात्तिक । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको विवरण सङ्कलन गरी त्यस्ता सवारीसाधन कहाँ र कसले सञ्चालन गरिरहेको छ सो को विवरण सङ्कलन गर्ने काम हुनेछ ।यसैगरी उक्त कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ ।

घुमुवा प्रहरीले जिम्मेवारीअनुसारको काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना सङ्कलनका लागि परिचालित यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो। उहाँका अनुसार अनौपचारिक पोशाकमा कार्यरत प्रहरीले आचारण विपरीत काम गर्दै सङ्गठनकै बदनाम गराउन थालेकाले हटाइएको हो । “जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु”। उहाँले भन्नुभयोे,“अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ ।”

स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसार्इंले बताउनुभयो । उहाँकाअनुसार यसअघि अनौपचारिकरूपमा खटाइएका प्रहरीलाई पोशाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ ।प्रहरी उपरीक्षक प्रसार्इं जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहनुभएको थियो । उहाँले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि प्रहरी नायब उपरीक्षक हुँदा पनि सर्लाहीमा एक कार्यकाल बसिसक्नु भएका प्रहरी उपरीक्षक प्रसाईंबाट सर्लाहीवासीले शान्ति, सुरक्षा र अमनचयनको अपेक्षा गरेका छन् । सिमानाकाका पोष्ट कमाउनका लागि मात्र होइन सेवा पनि गर्नुपर्छ भन्ने मनसाय बनाउन पनि उहाँले आफ्नो माताहतका प्रहरी कर्माचारीलाई आग्रह गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।