प्रदेश १ मा आज ४७ कोरोना संक्रमणमुक्त,५ को मृ त्यु

विराटनगर, २१ कात्तिक । प्रदेश १ मा आज ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५ महिला र २२ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४ हजार ९१९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ । ११३ जनाको पीसीआर परीक्षण गर्दा ६ र ३४ जनाको एन्टिजेन परीक्षणगर्दा २ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ३, झापाको भद्रपुर र कमल गाउँपालिकामा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण भएको हो । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १८४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृ त्यु भएको हो । मृ त्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन् । कोरोना संक्रमणका कारण प्रदेश १ मा हालसम्म २ हजार १४७ जनाको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।