चाड पर्व सकिए संगै किसानलाई धान भित्राउने चटारो
धनकुटा,२२ कार्तिक । नेपाली हिन्दुहरुका महान चाड सकिएसंगै किसानहरु बाली भित्राउन व्यास्त भएका छन् दशैं लगतै अगुवा धान भित्राउने किसानहरुले धान बाली भित्राई सकेका छन् भने पछुवा धान भित्राउने किसानलाई समेत चटारोमा रहेका छन् ।

काग तिहार सम्म खेत बारीमा देखिने किसानहरु भाई टिका लगतै धान भित्राउन पुगेका हुन् । कार्तिक पहिलो साता परेको अबिरल बर्षाका कारण धनकुटाको २ हजार ३ सय १३ हेक्टरमा लगाएको धानबाली सखाप भएको थियो ।
कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार शहिदभूमी गाउँपालिकामा १ हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ त्यस्तै चौबिसे गाउँपालिकामा लगाएको २ सय ५० हेक्टर, पाख्रिवास नगरपालिकामा लगाएको १ हजार २ यस ५० हेक्टर, महालक्ष्मी नगरपालिकामा लगाएको २ सय ५० हेक्टर, धनकुटा नगरपालिकामा लगाएको १ सय ९७ हेक्टर, छथरजोरपाटी गाउँपालिकामा लगाएको २ सय हेक्टर र साँगुरीगढी गाउँपालिकामा लगाएको १सय ६५ हेक्टर धानबालीमा पूर्ण क्ष ति भएको कृषि ज्ञानकेन्द्र धनकुटा जनाएको थियो ।
जसबाट ६ हजार ९ सय ३६ मेट्रिकटन धान नष्ट भएको छ । बर्षा बाट जोगिएको धानबाली भित्राउन किसान लागि परेका हुन् । धनकुटामा करिब ६ हजार हेक्टर क्षेत्रफमामा मंसिरे धान खेति हुने गरेको छ । -तस्बिर : प्रदिप ओझाको फेसबुकबाट
यो पनि…बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
बागमती, २२ कात्तिक (रासस) ः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उहाँले भन्नुभयो । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बन्नुभएका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नहुने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।


