तमोर कोरिडोरले जोड्दै चीन र भारत

दिलकुमार लिम्बू/ताप्लेजुङ, २४ कात्तिक । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षत्रेमा प्रवेश गरेको छ । कोरिडोरको अन्तिम ट्रयाक खोल्ने काम गरिरहेको छ । आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधी राजीव लामिछानेले बताए ।

‘अब तमोर नदीमा मेसिन तराउन छ । नदी तर्नु अगाडि एक पटक पूजापाठ गरेर तमोर नदी तार्ने तयारी भइरहेको छ’, उनले भने । तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोले जोडिनेछ । चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्रयाक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाको सुकेपानी गत साता प्रवेश गरेको छ । गैरीपाटी र सुकेपानीको दूरी तीन किलोमिटर पर्ने उतर दक्षिण लोक सडक आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताए ।

भारतको जोगवनीदेखि कोरिडोरले विराटनगर क्षेत्र हुँदै प्रत्यक्ष भारत र चीनसँग सडक सञ्जालले जोड्ने सूचना अधिकारी पौडेलले बताए । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर पर्दछ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ । प्रदेश १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । ३१४ किलोमिटरले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने उतर दक्षिण लोक सडक आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ ।

ओलाङचुगोलाहुदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न सुुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्रयाक खोल्लने काम भइरहेको फक्ताङलुङ गाउँपालिकाको प्रवक्ता तथा ओलाङचुङगोलाका स्थानीय छेतेन लामाले बताए । उनले भने, ‘कोरिडोरको ट्रयाक ओलाङचुङगोला क्षेत्रमा प्रवेश गरेको छ । ओलाचुङगोला भित्र ३०० मिटर ट्रयाक खोली सकेको छ ।’ तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको थियो । सबै ब्लकको पहिलो काम ट्रयाक खुलाएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको तीन किलोमिटरको काम मात्र बाँकी रहेको पौडेलले बताए ।

करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझिटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्नेछ । यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ । तमोर कोरिडोर विसं २०६५ मा सडक निर्माण सुुरु गराएको थियो । त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ । यो सडक निर्माण गर्न अहिलेसम्म ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।