सचिव ज्ञावली- एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने

चितवन, २५ कात्तिक ।नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक÷दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उहाँको भनाइ थियो । महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो । पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।” पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उहाँले बताउनुभयो, “१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।”

यो पनि पढ्नुहोस्..पाखोबारीमा अलैँची खेती विस्तार
गलेश्वर, २५ कात्तिक । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् ।थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए । दुई वर्षसम्म परीक्षणको रूपमा गरिएको अलैँची खेती सफल भएपछि किसान त्यसतर्फ आकर्षित भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिनुभयो । “पहाडी क्षेत्र भएकाले अलैँचीको उत्पादन राम्रो हुन्छ की हँुदैन भन्ने थियो, तर किसानलाई यस विषयमा धेरै ज्ञान रहेछ”, उहाँले भन्नुभयो अर्मनमा मात्रै अहिले १७ कृषकले करिब ८० हजार अलैँचीका बिरुवा लगाएका छन् ।” केही किसानले मकै र कोदोको ठाउँमा अलैँचीका बिरुवा रोपेका छन् ।

अर्मनमा दुई वर्षमा १५ हेक्टर क्षेत्रफलमा अलैँची खेतीको विस्तार भएको मङ्गला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । जिल्लाका मङ्गला गाउँपालिकाका साथै कुइनेमङ्गले, घार, घतान, कुहुँ, तोरीपानी, अर्मन, देवीस्थान, ताकम, दरबाङ, कुहुलगायतका ठाउँमा पनि अलैँची खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।अलैँचीका लागि हावापानी उपयुक्त रहेको प्राविधिकको भनाइ छ । समुद्री सतहबाट ७०० देखि दुई हजार २०० मिटरको उचाइमा वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलिमिटर वर्षा हुने ठाउँमा अलैँचीको उत्पादन राम्रो हुने बताइएको छ । जिल्लामा साउने जातका अलैँचीका बिरुवा बढी वितरण गरिएका छन् । जिल्लाको माथिल्लो भागमा अलैँचीको राम्रो उत्पादन हुने कृषि प्राविधिकले बताएका छन् । यी क्षेत्रमा ताप्लेजुङ, इलाम र सङ्खुवासभाको जस्तै हावापानी पाइन्छ ।

अलैँचीका लागि खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरेपुग्ने भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको हो । एउटा बिरुवालाई रु १० पर्ने भए पनि किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको मङ्गला गाउँपालिकाले जनाएको छ । सदरमुकामसम्मको ढुवानी सरकार आफैँले बेहोर्ने गर्छ । उत्पादन भएमा बजारको कुनै समस्या नभएको प्राविधिकको बुझाइ छ ।उनीहरुका अनुसार अलैँचीको बियाँबाट मसलायुक्त सुगन्धित औषधीय तेल निस्कन्छ । उक्त तेल मिठाई, केक आदी सुगन्धित बनाउन प्रयोग गर्नुका साथै विभिन्न किसिमका औषधि बनाउन सकिन्छ । अर्मनका किसानले गत वर्ष प्रतिकिलो रु दुई हजारदेखि दुई हजार २०० सम्ममा अलैँची बिक्री गरेका छन् । अलैँची बिक्री गरेर गाउँमा रु ४० लाख भित्रिएको स्थानीय किसानले जनाएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।