कार्तिक ३० गते नेपाल बन्द

काठमाडौं, २५ कात्तिक । पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपामा महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरेर नेपाद बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार ३० कात्तिकमा नेपाल बन्द गरिनेछ । यस्तै २५ कात्तिक अपरान्ह ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ कात्तिक बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मूल्य वृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धि गरियो । जसअनुसार ४७ रुपैयाँमा आयात गरिने पेट्रोलियम १३३ रुपैयाँमा बिक्री गरिनेछ । विज्ञहरूले मापन गरेअनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल ७० रुपैयाँमा बिक्री गर्न सकिन्छ । दैनिक रूपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ’, विप्लवले प्रश्न गर्दै भनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।