राष्ट्रिय विभूती फाल्गुनन्दको जन्मजयन्तीमा शालिक अनावरण

इलाम, २५ कात्तिक ।राष्ट्रिय विभूती फाल्गुन्दको १३७औँ जन्मजयन्तीको अवसरमा इलाममा शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका–९ सुकिलुम्बामा स्थापना गरिएको शालिक संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य शुवासचन्द्र नेम्वाङले अनावरण गरेका हुन् ।

सो अवसरमा नेम्वाङले महागुरू फाल्गुनन्दले समाजको उत्थान र परिवर्तनको लागि अतुलनीयय योगदान पुर्याएको बताए । ‘शान्ति स्थापना र मानवअधिकार स्थापनामा उहाँको ठूलो योगदान छ,’ नेम्वाङले थपे । नेम्वाङले राष्ट्रिय विभूती फाल्गुनन्दको जन्मजयन्तीलाई राष्ट्रिय पर्व कै रुपमा मनाउनु पर्नेमा जोड दिए । ‘प्रदेशमा मात्रै होइन राष्ट्रिय पर्वको रुपमा मुलुकभर फाल्गुनन्दको जन्मजयन्ती मनाउनुपर्छ,’ नेम्वाङले थपे, ‘जन्मजयन्तीमा मुलुकभर बिदा दिने व्यवस्था मिलाउन संघीय सरकारसँग अनुरोध गर्छौ ।’

नेम्वाङले शालिकसहित सुकिलुम्बा एयरपोर्टमा निर्माण गरिएको प्रवेशद्वार तथा पार्कको उद्घाटन गरेका हुन् । शालिक, प्रवेशद्वार र पार्क १३ लाख ३७ हजार तीन सय २७ रुपैयाँ लागतमा निर्माण गरिएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाइँले जानकारी दिए ।

इलाम माङसेबुङ गाउँपालिका–२ साविक इभाङ–५, चुक्चीनाम्बा गाउँमा जन्मिएका फाल्गुन्दलाई समाज सुधारक तथा किराँत धर्मगुरूको रुपमा लिइन्छ । २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दको २२ चैत २००५ मा ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा निधन भएको थियो । किराँत दर्शन, भाषा संस्कृति लिपीको पुनरुउत्थान, किराँत समुदायभित्रको कुरित िर कुसंस्कृतिलाई हटाउन फाल्गुनन्दले अगुवाई गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।