प्रदेश १ मा आज २२ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु
विराटनगर, २५ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । २४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमण भएको हो ।
झापाको अर्जुनधारामा ३, दमक र विर्तामोडमा २–२, मेचीनगर, कनकाई र भद्रपुरमा १–१, मोरङको विराटनगरमा ३, सुन्दरहरैचामा २, बुढीगंगामा १ र सुनसरीको धरानमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र २९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो पनि…जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह
काठमाडौँ, २५ कात्तिक (रासस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताउनुभएको छ । उहाँले आज जारी गर्नुभएको सन्देशमा यस राष्ट्रिय अभियानमा सत्यतथ्य सूचना उपलब्ध गराएर सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।
आगामी दिनमा मुलुकमा विकास तथा निर्माणका साथै नागरिकलाई सामाजिक सेवा सुरक्षा र सुविधाको व्यवस्था गर्नका लागि आवश्यक आधारभूत तथ्याङ्क सङ्कलन गर्न जनगणना महत्वपूर्ण माध्यम रहेको केसीद्वारा जारी सन्देशमा उल्लेख छ ।
सन्देशमा निर्वाचन क्षेत्रको निर्धारण गर्न र पुनःसंरचना गर्न जनगणना एउटा महत्वपूर्ण माध्यम भएको भनिएको छ । एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने विश्वास गरिएको जनगणना संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि केसीले सफलताको कामना गर्नुभएको छ । प्रत्येक १० वर्षमा गर्ने गरिएको जनगणना आजदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने छ । विसं १९६८ देखि यसको सुरुआत भएको हो ।


