यस्तो छ एमालेको दशौं महाधिवेशनको लोगो

काठमाडौं, २६ कात्तिक/आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौं’ भन्ने जिंगल सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ । कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको व्यवस्था मिलाइ सकेको बताए । उनले सो अवसरमा मौषम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगल मै फर्काउने सन्देशसहित सांकेतिक रुपमा गैंडालालाई समावेश गरेको बताए ।

उनले प्रचारप्रसार समितिले आफ्नो कार्ययोजना बनाएर मूल व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको पनि बताए । यस वर्षको महाधिवेशनमा कपडाको ब्यानार र कागजको पम्प्लेट नबनाउने घोषणा पनि गरे । महाधिवेशन प्रचारप्रसारका लागि सोसल मिडिया र पार्टीको वेभसाइट, पेजको प्रयोग गर्ने उनले जनाए । साथै, देशभर रहेका ठूला होर्डिङ बोर्डलाई पनि प्रयोग गरिनेछ । प्रचार प्रसारमा पार्टीका पूर्वअध्यक्ष र महासचिवहरूको भिडियाहरूलाई पनि राखिने बताए ।

कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख भट्टराईले सात सय ५३ वटै स्थानीय तहमा प्रचार प्रसारका लागि गोष्ठी, सेमिनार आयोजना गरिने पनि जनाए । साथै बुद्धिजीवी परिषद्को आयोजनामा प्रमुख सहरहरूमा छलफल पनि चलाइने छ । अन्य कार्यक्रममा युवा संघ नेपालले देशभर ७ मंसिरमा मोटरसाइकल र्याली निकाल्ने र चितवन, विरगन्ज काठमाडौंमा बढी प्रचार प्रासार गरिने जनाए । साथै, सम्पूर्ण राजमार्ग र शाखामार्गमा स्वागत द्धार तयार गरिने जनाए । कार्यक्रममा पार्टीका महासचिव इश्वर पोखरेलले महाधिवेशमा देशभरबाट करिब आठ लाख पार्टी सदस्यबाट प्रतिनिधित्व गर्ने साथीहरुले सहभागीता जनाउने र नयाँ जिम्मेवार नेतृत्व चयन गर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।