शहिदभुमीमा मोतिबिन्दुको शल्यक्रिया शिविर शूरु, पहिलो दिन ३१ जनाले लिए सेवा
धनकुटा । धनकुटाको शहिदभुमी गाउंपालिकाना आजदेखि मोतिबिन्दु आँखा अप्रेसन शिविर शूरु भएको छ । शिविरको पहिलो दिन आज गाउँ पालिकाको मोतिविन्दु भएका ३१ जना विरामीको आँखाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले जानकारी दिनु भएको छ ।

शिविरको प्रदेश संसद निरन राईले एक कार्यक्रमका बीच उद्घाटन गरिएको गाउपालिका अध्यक्ष मनोज राईको स्वकीय सचिव केशब राईले जानकारी दिनु भयो । आज र भोलि दुई दिन सम्म सञ्चालन हुने आँखा शिविरमा १ सय ४० बढी आँखाको विरामीलाई सेवा दिने लक्ष गाउँपालिकाले लिएको छ ।
शिविर गाँउपालिकाको आयोजना तथा नेत्रज्योति संघ डा राम प्रसाद पोख्रेल आखा अस्पताल धनकुटाको प्राबिधिक र गाउपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरूको सहयोगमा सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै १ नं प्रदेश संसद राईले सरकारले स्थ्य सम्वन्धि सेवा नि शूल्क गर्नुपर्ने भन्दै स्थानिय तहबाट यसको शूरुवात गरेकोले जनतालाई सहज भएको वताउनुभयो ।

आगामी दिनमा पनि स्वास्थ्य सेवा नि:शूल्क गर्न आफ्नो तर्फबाट पहल गर्ने उहाँले वताउनुभयो । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा शूरु भएको शिविरमा प्रशासन प्रमुख राजकुमार शाक्य , स्वास्थ साखा प्रमुख फकिर महोमद वडा अध्यक्षहरू कार्यपालिका सदस्य कर्मचारीहरूको उपस्थिति थियो ।
आँखा सम्बन्धित समस्या भएको मानिसहरू धेरै रहेको र आँखा सम्बन्धि समस्या समाधानका लागि माग भईरहेकोले आखिसल्ला स्वास्थ चौकीमा शिविर राखेको जानकारी दिनुभयो । शिविरबाट गाउँपालिकाको धेरैले दृष्टि प्राप्त गर्ने अध्यक्ष राईले बताउनुभयो ।


