तीर्थयात्री बोकेको बोलेरो दु,र्घटना- तीनजनाको मृत्यु, १४ घाइ,ते

ओखलढुङ्गा, २९ कात्तिक । तीर्थयात्री बोकेको बोलेरो दु,र्घटना हुँदा तीन जनाकोघटनास्थलमै मृ,त्यु भएको छ भने १४ घा,इते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दु,र्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ । जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृ,त्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो । दु,र्घटनाका ग,म्भीर घा,इतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारीदिनुभयो । दु,र्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घा,इतेको उद्धार गरेका थिए । अन्य घा,इतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।

‘हुनेले नहुनेलाई न्यायो कपडा सहयोग गरौँ’
झापा, २९ कात्तिक । विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन् । मेचीनगर– १० को धुलावारी चोकमा राखिएका कक्षमा महिला, पुरुष र बालबालिकाले लगाउने मिल्ने विभिन्न तयारी कपडा छन् । कक्षबाट कपडा आवश्यक हुने सहयोगापेक्षी सडक मानव र विपन्न परिवारले छानेर लैजान पाउँछन् । विर्तामोडस्थित वाल्मिकी कलेजमा व्यवस्थापन सङ्कायमा कक्षा १२ को परीक्षा दिएका उहाँले भन्नुभयो “ हुनेले नहुनेलाई सहयोग गर्न यो कक्ष सञ्चालनमा ल्याएको हुँ । ” पढाइबाट फुर्सद भएको समयको उपयोग गर्दै गाउँघरबाट लगाउन मिल्ने कपडा सङ्कलन गरेर नहुने व्यक्तिका लागि निःशुल्क वितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । “जाडो मौसममा गरीव आमाबुबा झुपडी बस्ती र सडकमा काप्दै हिँडिरहेको देख्दा सहयोग गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले अभियान सुरु गर्नुको कारण बताउँदै भन्नुभयो, “अनि मैले पुराना तर लगाउन मिल्ने कपडा सङ्कलन गर्न थालेको हुँ ।”

अभियान १०० दिन सञ्चालन गर्ने र पुराना कपडाको पुनः उपयोगले पर्यावरण स्वच्छ राख्नसमेत सघाउ पुग्ने उहाँले जानकारी दिनुभयो । यही कात्तिक २५ गतेदेखि निःशुल्क कपडाको कक्ष राखिएको हो । हालसम्म दुई बोरा जति कपडा विपन्न तथा सडक मानवले खुसी हुँदै लगिसकेका छन् । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टल राखिएको र दातालाई पुराना लगाउन मिल्ने कपडा उपलब्ध गराउन आह्वान गरेपछि धेरै व्यक्तिले कक्षसम्मै कपडा पु¥याउन आउने गरेको बताउनुभयो ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षमै आएर थुप्रै कपडा प्रदान गर्नुभएको र धुलाबारीको ट्राफिक प्रहरी बिटले कक्षका हेरचाहमा सहयोग पु¥याएको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।