बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले प,क्राउ

चितवन, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले प,क्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता प,क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन् । थापाले भन्नुभयो, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल प,क्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।” बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।

कात्तिक नाचअन्तर्गत सातौँ दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन हुँदै
ललितपुर, ३० कात्तिक । पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत साताँै दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिइएको हो । सो नाटकमा कृष्ण र इन्द्रको प्रवेश हुन्छ । इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “इन्द्रले गरेका यज्ञमा बाधा पु¥याएपछि उनले विष्णुको आह्वान गर्छन् । विष्णुको स्वरुप बराह प्रकट भएर युद्ध चल्छ । आफूहरूले हार्दै जाँदा हिरण्यासहित उनका दैत्यगण भाग्छन् ।” सो नाटकमा आफूसँग भएको शक्ति प्रदर्शन गर्न खोज्दा भाग्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसो नगर्न आम मानिसलाई सन्देश छर्ने चित्रकारले जानकारी गराउनुभयो ।

बुधबार नृसिंह अवतार नृत्य मञ्चन गरी यो वर्ष आयोजना गरिएको आठ दिने नाट्य महोत्सव समापन गरिने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य दिनका नाचभन्दा बराह अनि नृसिंह अवतार मञ्चन हुने दिन पाटन दरबार क्षेत्रमा मानिसको ठूलो भीड लाग्ने गर्छ ।”सो नाच विश्वको कुनै देशमा नभएको मुुलुकमा मात्रै हरेक वर्ष प्रदर्शन गरिने वियोगान्त वा बिछोडको कथामा अन्त्य हुने नाटक रहेको वाङ्मय शताब्दी पुरुष डासत्यमोहन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाटक दुनीयाका कुनै ठाउँमा प्रदर्शन गरिदैन ।” मात्रै दुई हजार ५०० वर्ष अघि ग्रीसको शहर एथेन्सस्थित हजाराँै मानिस अट्ने एन्टिथ्रिएटरमा वियोगान्त नाटक प्रदर्शन गर्ने गरिएको जोशीले जानकारी गराउनुभयो ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटी शान्त्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ । कात्तिक महिनाभरी विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँले ठूलो विशेषता बोकेको छ । यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । सो नाचको थालनीले सुरुआत चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एक छत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञान समेत प्रदान गरिनै रहेको विश्वास छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर मन्दिर छेउमा सो नृत्य देखाइन्छ । सो नृत्य मञ्चन गरिने स्थान पाटनमा ललितपुर भेगकै सर्वप्राचिन ढुङ्गेधारा मङ्गहिटी अर्थात् मणिधारा रहनाका साथै दरबारबाट पूर्वतर्फ रुद्रवर्ण महाविहार नपुग्दै सडकको बायाँपट्टि लुँहिटी वा नुगःहिटी अर्थात् नेवारी शब्दमा लुँहिटीको अर्थ सुनको धारा अर्थात् सुन्धारा देख्न पाइन्छ । मल्लकालमा निर्माण भएका मन्दिर अनि पाटी तथा सतल र दरबार आज पनि पाटनमा जीवितै छन् । ललितपुर दरबार सेरोफेरोमा लिच्छिविकालदेखिका अभिलेख अनि मूर्तिकला र स्थापत्य अर्थात् ढुङ्गेधार र चैत्यका प्रमाण पाइन्छन् । सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छन् ।
विश्व पर्यटक आगमन तथा आकर्षणका हिसाबले काठमाडौँ उपत्यकामा ललितपुर दरबार अग्रणी छ । विशेषतः सांस्कृतिक रसास्वादनका लागि विश्वका पर्यटकहरू पाटनको भूमिमा पाइला टेक्ने गरेका पाटनवासीको बुझाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।