डिसेम्बर दाेस्राे साता सिक्किममा थाक्थुङ आइडलको फाइनल हुने

प्रकाश पाक्साँवा/तेह्रथुम, ३ मंसिर । भारतको सिक्किममा बसोबास गर्ने लिम्बू समुदायले मौलिक पर्व चासोक तङनाम (उधौली चाड) यस वर्ष पनि भव्य रूपमा मनाउने भएका छन् । आफ्नो संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले पूर्वी सिक्किमको रानीपुलस्थित मेलाटारमा १० देखि १२ डिसेम्बरसम्म लिम्बू समुदायले छैटौ चासोक तङनाम उल्लासका साथ मनाउने तयारी गरेका छन् ।

चासोक तङनामको अवसरमा धेरै लिम्बू समुदायले मन पराएको थाक्थुङ आइडल सिजन-१ को पनि फाइनल हुने नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बूले बताए । लिम्बु गीत संगीतलाई विश्वसामु चिनाउन आयोजना गरिएको थाक्थुङ आइडलको पहिलो र दोस्रो अडिसन सिक्किममा सम्पन्न भइसकेको छ ।

कार्यक्रममा नेपाली तथा सिक्किमे गायक गायिकाकोे भाषिक तथा लिम्बू मौलिकताजन्य प्रस्तुति रहने आयोजकले जनाएको छ । कलाकारहरूले प्रत्येक दिन याक्थुङ साम्लो, हाक्पारे,पालाम साम्लो,ख्यालीलगायत नेपाली गीत गाउने कार्यक्रम छ ।पूर्वी सिक्किम,दार्जिलिङ,कालिम्पोङ, पश्चिम बंगाललगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बू, तुतु तुम्याङ, थाङबेन, मेन्छिङ, बालक, वृद्ध तरुणहरुको सहभागिता रहने कार्यक्रममा लिम्बूहरूको मौलिक नृत्य प्रतियोगिता, मौलिक खेलहरु, केःलाङ, हाक्पारे साम्लो, ख्याली साम्लो, थाक्थुङ जातीय खानाको स्टल र सांस्कृतिक महत्व तथा चिनारी बोकेका सामग्रीको प्रदर्शन हुने भएको छ ।

एमाले १०औँ महाधिवेशन : घरघरमा निमन्त्रणापत्र
चितवन, ३ मङ्सिर (रासस) :नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाएको हो ।

दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको उहाँले बताउनुभयो ।

सुवेदीले भन्नुभयो, “पालिका, वडा र टोल कमिटी सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन् ।” प्रचारप्रसारका लागि स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । उहाँले भन्नुभयो, “उद्घाटनसत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो ।”

उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनबाट मात्रै उद्घाटनसत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको छ ।”

एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म यहाँ हुँदैछ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ ।

उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्च र अन्य व्यवस्थापनको काम सुरु भइसकेको छ । यस्तै बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टार परिसरमा समेत बन्दसत्र गर्ने हल निर्माणलगायत अन्य काम सुरु भइसकेको अध्यक्ष रावलले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको आवासका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग तीन हजार ५०० बेड सम्झौता गरिसकिएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।