दु,र्घटनामा एकको मृ,त्यु, एक घा,इते
सिन्धुपाल्चोक, ४ मङ्सिर।अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दु,र्घटना हुँदा एक जनाको घटनास्थलमै मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठ,क्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृ,त्यु भएको हो । दु,र्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घा,इते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।
बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठ,क्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ ।
रोल्पाको बडाचौर विमानस्थल खेलमैदानमा परिणत
रोल्पा, ४ मङ्सिर । सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो । रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ । विसं २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौँ, पोखराजस्ता शहरमा उडान हुने गर्दथ्यो । विसं २०४८ पछि उडान स्थगित भएको सो विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वका बेला थप थला परेको स्थानीयवासीको भनाइ छ ।
तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वका बेला विमानस्थलमा भएका संरचना भत्काएपछि यो ओझलमा परेको स्थानीयवासी अम्मरबहादुर थापाले बताउनुभयो । विमानस्थल पुनःसञ्चालनका लागि नेतृत्व गर्दै आउनुभएका थापाका अनुसार आफूहरुलाई दमन गर्न सेनाले हेलिकप्टर ल्याण्ड गर्न प्रयोग गर्ने त्रासमा माओवादीले विमान स्थलभर बङ्कर खनेका थिए । रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ । विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले सुनेनन् स्थानीयवासी योगेन्द्र जिसीको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रीदेखि प्रधानमन्त्री र शक्तिमा रहेका सबै नेताले गर्छौं भन्छन् तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।” पटकपटकको दबाबले सामान्य घेराबारको काम भए पनि अहिलेसम्म सञ्चालनका लागि ठोस कार्य हुन नसकेको उहाँको गुनासो छ ।
रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएकोमा स्थानीयवासी चिन्तित छन् । गौचरण र खेलमैदानमा रुपान्तरण भएसँगै यसको अस्तित्व समाप्त हुने देखिन्छ स्थानीयवासी मिलन रोकाको भनाइ छ । “गाईबाख्रा चराउनुका साथै फुटबल खेलका लागि विमानस्थल प्रयोग हुनु राम्रो होइन, यसको संरक्षणसँगै पुनःसञ्चालनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।पर्यटकीय दृष्टीकोणले वडाचौर विमानस्थल महत्वपूर्ण मानिन्छ । वडाचौरबाट महत्वपूर्ण धार्मिकस्थल जलजला, स्वर्गद्वारी र ढोरपाटन पर्यटकीय क्षेत्र नजिकको दूरीमा पर्दछन् । रोल्पाको युद्धपर्यटन प्रवद्र्धनमा समेत वडाचौर विमानस्थलले सहयोग गर्ने बताइन्छ । हाल जलजला, स्वर्गद्वारी र ढोरपाटन पुग्ने पर्यटक गाडी तथा पैदलमार्गबाट पुग्ने गरेका छन् । अप्ठ्यारो सडकमार्गका कारण उनीहरु असहज यात्रा गर्न बाध्य हुने गरेका छन् । विमानस्थल सञ्चालनले रोल्पा, प्यूठान, ढोरपाटन क्षेत्र र रुकुमपूर्वका जनतालाई समेत सहज हुने स्थानीयवासीको भनाइ छ ।


