भारतमा एक दिनमा १० हजार ४८८ नयाँ सङ्क्रमित

५ मङ्सिर । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ । यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छसक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्च अर्थात ५३२ पछिका सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार ४१३ जना कोरोना सङ्क्रमित भएका छन् । हिजो शनिबार कोरोना सङ्क्रमणका कारण ३१३ जनाको मृ त्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृ त्यु भएका व्यक्तिको संख्या चार लाख ६५ हजार ६६२ जना पुगेको पनि समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हँुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ । गत जनवरी १६ बाट भारतमा कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म भारतमा एक अर्ब १६ करोड ५० लाख ५५ हजार २१० डोज खोप लगाइएको छ । भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख ३७८ जनाको परिक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस…धनुषा । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विकास र पर्यटनसँग जोड्न आग्रह गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा आजदेखि जनकपुरधाममा सुरु भएको रामायण सर्किट तथा मिथिला-अवध सम्बन्धबारे आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाईमार्गबाट जोडेर पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिन आवश्यक भएको बताए ।
प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर कामकाज गर्न आवश्यक भएको बताए । उनले विसं २०७५ वैशाख २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बससेवा पुनः सञ्चालन गर्न दुवै देशबीच समन्वय भइरहेको बताए ।नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुण तिलकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको बताए ।

अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहेको राजेन्द्रसिंह पङ्कजले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताए । विश्व हिन्दू परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षाबिना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको बताए ।कार्यक्रममा बोल्दै जनकपुरधामका प्रमुख लालकिशोर साहले भगवान् रामले जनकपुरधाममा आएपछि सार्थकता पाएको र जनकपुरधामबिना रामायण अधुरो रहेकाले रामायण सर्किटलाई जनकपुरसँग जोड्न अतिआवश्यक रहेको बताए । प्रमुख साहले जनकपुरधामको इतिहास त्रेतायुगदेखि नै रहेकाले जनकपुरधाम अब धामको रूपमा स्थापित हुन लागेको उल्लेख गरे ।त्यस्तै कार्यक्रममा भारत युपीका कमिशनर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाई सेवा र रेलमार्गको काम हुने बताए । कमिशनर सिंहले अयोध्याबाट जनकपुरधाम जोड्न बस सेवा सुरु हुने साथै डबल लाइन रेल्वे ट्रयाकको निर्माण भइरहेको बताए ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना एवं राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।