फुङ्लिङ र यासोकमा आँखा शिविर, झण्डै ७ सयले लिए सेवा

खगेन्द्र अधिकारी/ताप्लेजुङ, ५ मंसिर ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र पाँचथरको यासोकमा सञ्चालन भएको शल्यकृया सहितको निःशुल्क आँखा शिविरबाट करिब ७ सय जनाले स्वास्थ्यलाभ गरेका छन् ।

शिविरमा ८८ जनाको मोतियाबिन्दुको र ६ जनाको साधारण शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघले जनाएको छ । ६१२ जनाले आँखाको परीक्षण तथा उपचार गराएका थिए भने निःशुल्क औषधि र न्यूनतम् शुल्कमा चश्मा समेत वितरण गरिएको नेपाल नेत्र ज्योति संघद्वारा ताप्लेजुङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए ।

पाँचथरको कुम्मायक गाउँपालिका, नेत्रज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेसन काठमाडौंको आयोजनामा यासोक बजारमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा २८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजी थेबेकाअनुसार २८८ जनाले आँखाको परीक्षण तथा उपचार गराए ।

कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा पालिका केन्द्र यासोक बजारमा नेपाल नेत्र ज्योति संघले आँखा उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

यता ताप्लेजुङको फुङ्लिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । ६ जनाको साधारण शल्यकृया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङले जानकारी दिए । ३२४ जनाले आँखाको परीक्षण तथा उपचार गराएको समेत उनले बताए ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा सेवा फाउण्डेसन काठमाण्डौको आयोजना तथा फुङ्लिङ स्थित सानिमा बैंकको सहयोगमा आँखा शिविर सञ्चालन गरेको थियो । नेत्र ज्योति संघद्धारा सञ्चालित इटहरी आँखा अस्पतालका डाक्टर अंकिता शर्माको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिक टोलीले फुङ्लिङ र यासोक दुबै क्षेत्रका आँखा शिविरमा शल्यक्रिया, परीक्षण तथा उपचार गरेको नेत्र ज्योति संघ ताप्लेजुङका सभापति मुक्तिराज पौडेलले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।