नेकपा एमाले पाख्रीबास नगर कमिटीद्वारा महाधिबेशन प्रतिनिधिहरुलाई बधाई,शुभकामना

धनकुटा,६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाख्रीबास नगर कमिटीको आयोजनामा धनकुटाबाट निर्वाचित महाधिबेशन प्रतिनिधिहरुलाई बधाई शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

आगामी मंशिर १०-१२ मा नेकपा एमालेको चितवनमा हुन गइरहेको १० औं महाधिवेशनमा जिल्लाबाट प्रतिनिधित्व गर्दै जान लागेको १६ सदस्यीय प्रतिनिधिहरुलाई पाख्रीबास स्थित दाजुभाई होटलको सभा हलमा एक कार्यक्रमका बीच पाख्रीबास नगरपालिकाका उपप्रमुख देवकला पौडेल,नगर कमिटी अध्यक्ष शान्तिराम गौतम र उपाध्यक्ष लोकेन्द्र घिसिंगले अबिर र दोसल्ला ओढाउंदै सम्मान गर्नु भएको थियो ।

एमाले पाख्रीबास नगर कमिटी अध्यक्ष गौतमको अध्यक्षता र नेकपा एमाले जिल्ला अध्यक्ष तथा सॉंसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा नगर कमिटी अध्यक्ष गौतमले महाधिवेशनमा सहभागि प्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नु हुदै अब जिल्लामा केन्द्रिय सदस्य आउने गरी भुमिका खेल्न प्रतिनिधिहरुलाई शुभकामना दिनुभयो । कार्यक्रममा जिल्ला निर्वाचन कमिटी अध्यक्ष नहकुल छाराहॉंग राई लगायत जिल्ला समन्वय समितिका पदाधिकारी,नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

मनोनित महाधिबेशन प्रतिनिधिहरु खुल्ला तर्फ पाख्रीबास नगरपालिका ७ का राजेन्द्र कुमार राई,चौबिसे गाउंपालिका ८ का टिकाराम चेम्जोंग,धनकुटा नपा ७ का गणेश कुमार राई,महालक्ष्मी नपा १ का इन्द्रमणि पराजुली,महालक्ष्मी नपा ४ का दिपक पराजुली,सहिदभूमि गापा २ का निरन राई,धनकुटा नपा १ का चिन्तन तामांग,पाख्रीबास नपा ६ का भिम बहादुर राई,छथरजोरपाटी गापा ४ का शिव लिम्बु,धनकुटा नपा ९ का मनोज राय सन्दिप रहेका छन् ।
त्यसैगरि दलित तर्फ धनकुटा नपा ७ का मनोज बसेल,चौबिसे गापा ३ का नैन विश्वकर्मा रहेका छन् भने महिला तर्फ धनकुटा नपा ३ का शकुन्तला बस्नेत,छथरजोरपाटी गापा ६ का गोमा कार्की दाहाल,सांगुरीगढी गापा ४ का निर्मला इवा,सहिदभूमि गापा २ का घुममाया राई सीमा रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य नगर कमिटी उपाध्यक्ष लोकेन्द्र घिसिंगले राख्नु भएको थियो कार्यक्रम संचालन नगर कमिटी सचिव तथा वडा ८ का वडा अध्यक्ष सिताराम राईले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्…कांग्रेस धनकुटा ‘क’ क्षेत्रीय सभापतिमा राई निर्वाचित
धनकुटा, ६ मंसिर/नेपाली कांग्रेस धनकुटा प्रदेशसभा ‘क’ क्षेत्रीय सभापतिमा जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् ।सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार जितेन्द्रले निकटतम प्रतिस्पर्धी मोहन बान्तवा राईलाई ५१ मतान्तरले पराजित गरे । जितेन्द्रले २ सय ८३ मत पाउँदा माेहनले २ सय ३२ मतमै चित्त बुझाए ।

उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी, सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन), सहसचिवमा टंकप्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
कोषाध्यक्ष निर्वाचित समितिबाट मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ ।

प्रदेशसभा (क) मा निर्वाचित पदाधिकारीमा उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन् भने बाँकी सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
प्रदेश अधिवेशन प्रतिनिधिमा खुलातर्फ पदमबहादुर राई, धनबहादुर खड्का, भुपेन्द्र भण्डारी, दिनेश राई आठपहरिया, ईश्वरीप्रसाद सुवेदी, रोहिणी पाण्डे र राजेश्वर बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । राई, खड्का, भण्डारी, आठपहरिया र श्रेष्ठ देउवा पक्षका हुन् भने सुवेदी र पाण्डे पौडेल पक्षका हुन् ।

महिलातर्फ सावित्री देवि श्रेष्ठ, हिमा चेम्जोङ र मुनादेवि पोख्रेल चयन भएका छन् । आदिवासी महिलातर्फ पुजन लिम्बू र कुसुम जोशी निर्वाचित भएका छन् । जनजातितर्फ लाखमान राई, यमप्रकाश मगर (दिपक) र साजन राई निर्वाचित भएका छन् । दलिततर्फ दुर्गा विक निर्वाचित भएकी छन् ।

जिल्लाको अधिवेशन आज, यी हुन् आकांक्षी
धनकुटाको जिल्ला अधिवेशन आज सोमबार हुँदैछ । जिल्ला सभापतिमा वर्तमान कोषध्यक्ष दिनेश राई, अघिल्लाे निर्वाचन पराजित कमोट फागो र नेपाल विद्यार्थी संघ धनकुटाका सभापति बालान्द दाहाल रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।