दमकमा तास र नगद सहित ६ जना जुवाडे पक्राउ

झापा, मंसिर ६ ।झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण प्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिल बहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाऊपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ३ बुङ तास र नगद रु. १ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो । पक्राउ परेका छ जना उपचार थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट
कर्णाली, ६ मङ्सिर (रासस) :कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच भेट भएको छ । मुख्यमन्त्री शाहीसँग प्रधानसेनापति शर्मा नेतृत्वको टोलीले आज भेट गरेको हो ।

भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे जानकारी गर्नुभएको थियो । आगामी दिनमा प्रदेश सरकारसँग नियमित समन्वयमा रही काम गर्न इच्छुक रहेको विचार व्यक्त गर्दै उहाँले कर्णाली करिडोरअन्तर्गत सल्लिसल्ला खण्डको सात किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीको अनुरोधमा नेपाली सेना हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्नसमेत इच्छुक भएको बताइएको छ । त्यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग खण्ड, नाग्म–जुम्ला–गमगढी, खुलालु–सल्लिसल्ला सडकखण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।