सर्वसाधारण कोरोना खोप लगाउन जाँदैनन् खोप केन्द्रमा

विशाल बस्नेत/ महोत्तरी, ७ मंसिर । धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म यस पटक पुगेनन् ।कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण पुग्न सकेनन् भने कतिपय खोपप्रतिको अविश्वास, जनचेतनाको अभावले पुग्न सकेनन् ।

किसाननगरका ७५ वर्षीय टेकबहादुर मगर छोराछोरीले कहर गरेर मात्र खोप लगाउन आएको बताए । १-४ मंसिरसम्म महोत्तरीको सातवटा पालिकाको टोल-टोलमा खोप अभियान चलाइएको थियो ।तर, महोत्तरीको उत्तरी क्षेत्रका ७ वटा पालिकामा चलाएको खोप अभियानमा सर्वसाधारणको न्यून उपस्थिति रहयो । भेरोसेल दाेस्राे डोज खोप अभियानका क्रममा ३० हजार खोप महोत्तरी आइपुगेको थियो ।

महोत्तरीमा अहिलेसम्म चलाइएका खोप अभियानमा ५६ हजार ६५८ जनाले भेरोसेलको पहिलो डोज लिएका छन् । दोस्राे डोजको लागि आह्वान गरिएको भेरोसेल खोप लगाउन १५ प्रतिशत सर्वसाधारण पनि उपस्थित नभएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।म‌ंगलबारबाट नै बाँकी आठवटा पालिकामा तीन दिनको लागि खोप अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले बताए ।

`हामी खोप अभियानलाइ प्रभावकारी बनाउन १० गतेवाट नयाँ ढङ्गले प्रस्तुत हुन खोजिरहेका छौँ । यसकाे लागी प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ´, उनले भने ।जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म दुई लाख ४८ हजार २०९ जनाले कोरोना खोप लिएका छन् । यो संख्या कुल जनसंख्याको करिब ५२ प्रतिशत हुन आउँछ । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनवाट बिमुख बनिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।