धनकुटामा कांग्रेसको अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित

धनकुटा,७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ ।

हिजोबाट सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा जिल्ला पदाधीकारीहरुका उम्मेदवार प्रतिनिधी जिल्ला पदाधीकारीको उपस्थितीमा हदै सम्मको सहमतीको निम्ती छलफल गर्दा समेत निर्वाचन प्रक्रिया अगाडी बढाउन नसके पछि जिल्ला निर्वाचन समितीले अनिश्चित समयका लागि निर्वाचन स्थतिग गरेको निर्वाचन समिती जिल्ला निर्वाचन अधिकृत पिकम राईले जानकारी दिनु भयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा जिल्ला सभापती पदका लागि संस्थापन पक्ष बाट दिनेश राई र संस्थापन इतर बाट कमोट फागो सभापतीका आकाक्षी रहेका छन् । धनकुटामा सुनील थापा समूहले देउवा पक्षलाई साथ दिएपछि संस्थापन इत्तर समूह कमजोर देखिएको छ ।

धनकुटा प्रदेशसभा क क्षेत्रीय सभापतिमा देउवा पक्षीय जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी, सचिवमा नगेन्द्र बहादुर तामाङ ९जीवन०, सहसचिवमा टंकप्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन् भने बाँकी सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

यस्तै प्रदेशसभा ९ख० को सभापतिमा राजन पौडेल निर्वाचित भएका छन् । त्यस्तै उपसभापति पदमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए । समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन् । यस्तै सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।