एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा, ओलीसँग भिड्न लागेका भीम रावललाई ‘ब्याक’ हुन सुझाव

काठमाडौं, ७ मंसिर ।नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पार्टीमा खेलेको भूमिकाको कारण देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी बनाउने उनको विश्वास छ ।

नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने पनि दाबी गरे । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए । उनले भने, ‘जनपरिचालनको हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भूभाग मानवसागरले भरिन्छ ।’

भारतले नरेन्द्र मोदीलाई र चीनले सी चिनफिङलाई अघि बढाएको भन्दै उनले यो महाधिवेशनबाट ओलीलाई एउटा सर्वमान्य नेताको रुपमा अध्यक्षको हिसाबले अगाडि बढाउन चाहेको बताए ।यसअघि रिपोर्टर्स क्लबमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई नेता बस्नेतले उम्मेदवारी फिर्ता गर्न पनि सुझाव दिए । उनले भने, ‘उहाँले दुई कारणले उम्मेदवारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने अनि जित्ने कुनै सम्भावना छैन । तर, पराजित भए पनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ ।’

तर रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश नगएको उनको भनाइ छ । रावलले उम्मेदवारी फिर्ता गरेर जानुपर्ने उनले जोड दिए । ‘चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ । विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ,’ बस्नेतले भने, ‘कम्युनिस्ट आन्दोलनलाई थप क्षति नहोस् भनेर रावलले उम्मेदवारी फिर्ता लिँदा नै राम्रो हुन्छ ।’

भीम रावलले उम्मेद्धघवारी फिर्ता लिनुभएन भने के हुन्छ ? भनेर सोधिएको प्रश्नमा अहिले पदाधिकारी सर्वसम्मत् बनाउनेबारे अधिकतम प्रयास भैरहेको जनाए । यसको लागि नेताहरुबीच र दाबेदारी गरेका नेताहरुबीच अनौपचारिक छलफल तथा बैठक भैरहेको उनको भनाइ छ ।’सर्वसम्मत् भएन भने मैत्रीपूर्ण ढंगले निर्वाचनमा जान्छौं । अब भीम रावल कमरेडले उम्मेदवारी फिर्ता लिएर पार्टीभित्र आफूलाई सेट गरेर महत्वपूर्ण जिम्मेवारी लिएर जाने कुरा चाहीँ सबैभन्दा राम्रो र उचित विकल्प हो । यदि जानुभएन भने त निर्वाचनमा जान हामी बाध्य हुन्छौं । डिजिटल प्रणालीबाट निर्वाचन गर्ने भनेर मेशिन तयार छ । यदि सर्वसम्मत् हुने कुरामा उहाँले स्विकार गर्नुभएन भने निर्वाचन स्विकार्नुको उपायबाहेक हामीसँग अर्को उपाय रहँदैन,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।