नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

काठमाडौँ, ७ मङ्सिर । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो । सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताउनुभयो ।
उपयोगमा कृषि प्रदर्शनीस्थल

बलेवा, ७ मङ्सिर । कृषिमा आधुनिकीकरण गर्ने भन्दै गत आर्थिक वर्षमा मात्रै कृषि ज्ञान केन्द्र बागलुङले ३२ उच्च प्रविधिको हरित गृह निर्माण ग¥यो । त्योबाहेक स्थानीय तहले निर्माण गरेका र अघिल्ला आर्थिक वर्षमा निर्माण भएका हरित गृहमा किसानले तरकारी फलाइरहेका छन् । तरकारीसमेत आयात गरेर खानुपर्ने अवस्थामा रहेको बागलुङ अहिले तरकारी, अण्डा र दूधमा आत्मानिर्भर भइसकेको केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । यान्त्रिक हलो र कृषि उपज प्रशोधन मेसिनहरु पनि ज्ञान केन्द्रले वितरण गरिरहेको छ । किसान आधुनिक बन्दै जाँदा जैविक उत्पादन घटेको भन्दै ज्ञान केन्द्रले जैविक उत्पादनलाई पनि जोड दिँदै आएको छ । जिल्लाको निसीखोला, तमानखोला, ताराखोला र ढोरपाटन क्षेत्रमा जैविक उत्पादन संरक्षणको कार्यक्रम छ ।

जैविक खेतीलाई सघाउन कृषि विकास कार्यालयले सुरुआत गरेको प्रदर्शनीस्थल भने उपयोगविहीन थियो । साबिकको कृषि विकास कार्यालय खारेज भएपछि उपयोगविहीन भएको कृषि उत्पादन प्रदर्शनीस्थल पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा रहेको प्रदर्शनीस्थल सञ्चालनमा ल्याएर तरकारी, खाद्यबालीको उत्पादन तथा प्रदर्शन थालिएको हो ।ज्ञान केन्द्रले जैविक उत्पादन र आधुनिक प्रविधिमा उत्पादन गर्ने विधि अपनाएर प्रदर्शनीस्थलमा तरकारी तथा खाद्यबाली लगाएको हो । ७२ वर्गमिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा दुईवटा उच्च प्रविधिका हरित गृह निर्माण गरिएको छ । त्यो बाहेकको जमिनमा विभिन्न प्रजातिका तरकारी लगाइएको ज्ञान केन्द्रले जनाएको छ ।

“हामी यहाँ बीउ, मल र सिँचाइसमेतको परीक्षण गर्ने गरेका छौँ,” केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “यहाँको सिकाइले किसानलाई सिकाउन सहज हुन्छ ।” प्रदर्शनीस्थल पुनः सञ्चालनमा आएपछि मकै खेती लगाएको केन्द्रले अहिले गोलभेँडा लगायतका तरकारी बालीको परीक्षण गरिरहेको छ । बायोचार (घाँसपात जलाएर बनाइने मल) उत्पादन तथा त्यसको प्रयोग प्रदर्शनीस्थलमा गरिएको छ ।“जैविक उत्पादनको परीक्षण बढी गर्ने गरेको छौँ, सोही अनुसारको सिफारिस किसानलाई गर्छौं,” ज्ञान केन्द्रका बागबानी विकास अधिकृत कुमार पुनले भन्नुभयो, “उत्पादनमा लाग्ने समय, माटोको जाँच, मल, बीउ र सिँचाइ गर्दा र नगर्दा हुने उत्पादनको फरकसमेत हामी किसानलाई देखाउँछौँ ।”

लामो समय खाली रहँदा जङ्गल बनेको प्रदर्शनीस्थल तरकारी बालीले सिङ्गारिएको छ । प्रदर्शनीस्थलमा केन्द्रका प्रमुखलगायत बागबानी विकास अधिकृत, बाली विकास अधिकृतहरु पुग्ने गर्नुभएको छ । “किसान र विज्ञ सबैको सिक्ने थलो हो,” उहाँले भन्नुभयो, “अझै फराकिलो ठाउँ भए धरै परीक्षण गर्न सकिन्थ्यो ।” उपयोगविहीन भएको प्रदर्शनीस्थलको जमिन बेलाबेलामा चर्चामा आउने गरेको थियो । कृषि विकास कार्यालय खारेज भएसँगै सदरमुकाममा रहेको प्रदर्शनीस्थलमा धेरैका आँखा गडेका थिए । ज्ञान केन्द्रले उक्त जमिन उपयोग गर्न थालेपछि प्रदर्शनीस्थलको उपयोगको विषयमा चर्चा हुन छोडेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।