निर्वाचन तालिका तत्काल सार्वजनिक हुनुपर्छ : कमोट फागो
धनकुटा,७ मंसिर । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्र्तगत धनकुटा जिल्लाको निर्वाचन प्रकृया अनिश्चित समयका लागि स्थगित गरिएको भन्दै सभापति पदका उम्मेद्धवार कमोट फागोले तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्नु भएको छ ।

उहाँले धनकुटामा आज पत्रकार संम्मेलन गर्दै कमोट फागो निर्वाचन देखि भागेको चन्दै विभिन्न संचार माध्यमबाट आफवाह फैलाएका भन्दै आपति समेत जनाउँनु भएको छ । निर्वाचन कार्यतालिकाको विषयमा उमेद्ववारका दुुई पक्षबीच बिवाद भएपछि हिजो साँझ आठ बजेका लागि तोकिएको मतदानको प्रकृृयामा आफुले रात परेकोले भोली विहान बाट सुरु गर्न भनेर दुवै पक्ष सहमती भएको तर अर्को पक्षका सभापतीका उम्मेदवारले निर्वाचन बिहान सार्ने गरि सुचना टास गर्ने क्रमकमा अबरोध गर्दै अभद्र व्यावहार प्रदर्शन गरेको र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नदिएको र विभिन्न संचार माध्यमा कमोट फागोले निर्वाचन नचाहेको भन्दै अफवहा फैलाएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
साथै उहाँले आफू निर्वाचनमा जो प्रतिस्पर्धा गर्न आए पनि नडराउने र आफू लोकतान्त्रिक अभ्यास बाट नभाग्ने समेत बताउनु भयो । साथै उहाँले निर्वाचन रोकिनुको कारण देउवा पक्षिय टिम रहेको समेत आरोप लगाउनु भएको छ । पत्रकार संम्मेलनमा बाल्दै पूर्व जिल्ला सभापती हरीकुमार राईले देउवा पक्षिय साथीहरुले प्रत्यक्ष हस्तक्षेप गररे निर्वाचन प्रकृया राक्नु दुर्भाग्य भएको बताउनु भयो साथै उहाँले की निर्वाचनमा आउन याँ आत्मासर्मपण गर्न समेत चेतावनी दिनु भयो ।
काँग्रेस सभापति देउवा पक्षधर जिल्ला सचिव पदका उमेद्ववार बिजयसन्तोषी राईले निर्वाचन स्थगन हुनुुको सबै कारण संस्थापन इतरका व्यातिmहरु भएकोले त्यसको दोष फागो पक्षले लिनुपर्ने बताउनु भयो । दुवै पक्ष बिच निर्वाचन अगाडी बढाउने बिषयमा सहमती नभएका भन्दै निर्वाचन समितीले धनकुटा कांग्रेस निर्वाचन प्रकृया अनिश्चित समयका लागि स्थगित गरेको छ ।


