धनकुटामा २ सहित प्रदेश १ मा आज ५७ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको बुद्धशान्ति र कनकाईमा ६–६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २–२, गौरादह, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ८ र इटहरीमा ५, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र २० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित
काठमाडौँ, ७ मङ्सिर (रासस) ः नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी तेविन्द्र शाक्यले ४९ मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा पुष्करराज पाण्डे र शङ्कर पुडासैनी, सहसचिवमा राज्यराज वन्त र उज्वल पनेरु विजयी हुनुभएको छ । यस्तै, महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डङ्गोल, बुद्धिमान बलामी, रवीन्द्रलाल श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमन श्रेष्ठ र धर्मरत्न पाछे विजयी हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषतर्फ राजुराज जोशी, मोहनबहादुर बस्नेत र गोविन्द पाण्डे, महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ र लक्ष्मी पाण्डे निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजाती महिलातर्फ छोरी डङ्गोल र कृष्णा अमात्य, दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित हुनुभएको छ । यसअघि अपाङ्गता कोटामा विष्णुलाल श्रेष्ठ, खस आर्य महिला शोभा जोशी, जनजाती पुरुष सुदर्शनमान सिंह, मुस्लिम हरुण रसिद मुस्लिम, खस आर्य महिला अलिना बस्नेत र जनजाती पुरुषमा प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।