कांग्रेसका प्रतिनिधी गाउँ फर्किए

धनकुटा,८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भए पछि १४ औं महाधिवेशन बाट नेतृत्व चयन गर्न आएका प्रतिनिधीहरु गाउँ फर्किएका छन् ।

अधिवेशनको निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा दुई पक्ष विच कुरा नमिल पछि जिल्ला निर्वाचन समितीले अनिश्चित समयका लागि निर्वाचन स्थतिग गरे संगै नेतृत्व चयन गर्न आएका प्रतिनिधीहरु नेतृत्व चयन नगरी गाउँ फर्किएका हुन् ।

गाउँ घरमा कामको समय भएकोले पाटीको काम मात्र गरेर बस्ने कुरा भएन आफुनो काम बित्यो अब निर्वाचन कार्यतालिका सार्वजनिक भएर नेताले खबर गरे पछि फेरी आउन हो तर अहिले लाई गाउँ लागेको एक क्षेत्रिय प्रतिनिधीले बताए ।

रोल्पा कांग्रेस सभापतिमा किशोर विजयी
रोल्पा, ८ मङ्सिर (रासस) ः नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी हुनुभएको छ । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका पाउनु भएको थियो । कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भएको छ । कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गर्नुभएको थियो । सहसचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गर्नुभयो । कूल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिनुभयो ।

निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गर्नुभएको थियो । कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।