बिर्तामोडदेखि भद्रपुरसम्म चार लेनको सडक बन्ने

झापा, ८ मंसिर । बिर्तामोडदेखि झापाको सदरमुकामसम्मको यात्रा निकै कष्टकरपूर्ण छ । भत्किएको धुलाम्मे सडकका कारण बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढीसम्मको यात्रामा यात्रुले निकै कष्ट भोग्दै आएका छन् । तर, अब भने सदरमुकाम चन्द्रगढीसम्म चार लेनको सडक बन्ने भएको छ ।

यसअघि बिर्तामोडको मुक्ति चोकदेखि हचर्ना कल्भर्टसम्म चार किलोमिटर सडक चार लेनको बनेको छ । उक्त सडक २७ करोड नाै लाख ७० हजारमा निर्माण भएको हो । बाँकी आठ किलोमिटर पनि चार ठेक्का लागेर धमाधम काम भइरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । बिर्तामोड-भद्रपुर सडकखण्डअन्तर्गतर बाँकी आठ किलोमिटर सडकको स्तरोन्नतिसहित चार लेनको सडक बनाउन गतवर्षको माघमा ठेक्का सम्झौता भएर काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी अनुप साउदेनले जानकारी दिए ।

उनका अनुसार उक्त सडक निर्माणको ठेक्का कोनटेक प्रालि काठमाडौंले लिएको छ । ६ माघ २०७७ मा ५८ करोड दुई लाख २२ हजारमा ठेक्का सम्झौता भएको हो । यसको काम ५ भदौ २०८० सालसम्ममा सक्नुपर्ने उनले बताए । यद्यपि, सोचेअनुरूप काम नभएको उनको भनाइ छ ।

‘हालसम्म १० प्रतिशत मात्र काम भएको छ । यो अपेक्षा अनुरूप हैन । गत वैशाखमा कोरोनाका कारण लकडाउन हुँदा काम गर्न केही समस्या भएको हो’, साउदेनले भने, ‘तर, त्योबेला काम गर्न नसकेको काम यो वर्ष पूरा गर्छु भन्नुभएको छ । निर्माण व्यवसायीले यो वर्ष कामको कति बढाए तोकिएकै समयमा काम सकिन्छ ।’ यो सडक राजमार्ग पुनर्निमार्ण तथा स्तरोन्नतिको योजनाअनुसार निर्माण सुरू भएको साउदेनले बताए ।

बिर्तामोडदेखि हर्चना कल्भर्टसम्मको सडक पनि समयमा सकिएको थिएन । आशिष-प्रेररा जेभीले ठेक्कामा लिएको यो सडक पटकपटक म्याद थप्दा मात्र निर्माण सम्पन्न भएको थियो । यो सडक समयमा निर्माण सम्पन्न भयो भने सर्वसाधरणले सास्ती व्यहोर्नबाट मुक्ति पाउने स्थानीय बताउँछन् । सडककै कारण झापावासीका लागि सदरमुकाम टाडा हुँदै आएको छ ।

राजमार्गदेखि दक्षिणमा रहेको झापाको सदरमुकाम चन्द्रगढी जान सडककै कारण स्थानीयलाई निकै मुस्किल पर्दै आएको छ । ‘सडक त्यस्तो छ । सदरमुकाम पुग्दा धुलोले पुर्छ । सडककै कारण सदरमुकाम त हाम्रा लागि टाडा हुँदै आएको छ,’ दमकका सर्वसाधारण भुवन न्यौपाने भन्छन्, ‘सडकमा खाल्डाखुल्डी उस्तै छ । दुर्घटना होइन्छ कि भन्ने डर पनि उत्तिकै छ । तर, निकै तलसम्म त चार लेनको सडक बनिसकेछ । बाँकी पनि काम भइरहेको देखिन्छ । धमाधम काम गरेर समयमै काम सक्ने भए हामीलाई पनि सदरमुकाम नजिक हुने थियो । सहजै सदरमुकाम पुग्न सक्ने थियौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।