एमाले महाधिवेशन : एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

चितवन, ९ मंसिर ।एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए ।

एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् । ‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उनले भने ।

एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ ।

कांग्रेस खोटाङको सभापतिमा सर्वधन अगाडि

खोटाङ, ९ मंसिर ।नेपाली कांग्रेस खोटाङको सभापतिमा पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा राईले अर्का उम्मेदवार पूर्व सभापति बिष्णुकुमार राईलाई सात मतले पछि पारेका हुन् ।

सर्वधन राईले एक सय ४९ मत पाउँदा बिष्णुकुमार राईले एक सय ४२ मत पाएका छन् । दुई सय मत गन्णदा १० मतले अघि रहेका बिष्णुकुमार तीन सय मत गणना हुँदा सात मतले पछि परेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना बिहिबार बिहानदेखि सुरू गरिएको हो । यहाँ एक हजार तीन सय ३२२ मत खसेको थियो । प्रत्येक सय मत गणनापछि नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्रावधन राई र रामचन्द्र पौडेल निकट पूर्व सभापति बिष्णुकुमार राई आमनेसामने भएका हुन् । सर्रावधन राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन शैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सह–सचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् । यस्तै, पूर्व सभापति बिष्णुकुमार राईको प्यानलबाट उपसभापतिमा इवन राई र तिर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सह-सचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयन पत्र दर्ता भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।