लैं’गिक हिं’सा वि’रुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा सामाजिक विकास मन्त्री यादवको जोड

विराटनगर, ९ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैं’गिक हिं’सा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैं’गिक हिं’सा अन्त्य गर्न सकिने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैं’गिक हिं’सा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिं’सा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । निरन्तरको अभियानले लैंगिक हिं’सा सँधैका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताउनुभयो । ‘घरैबाट शुरु गरौं, महिला हिं’सा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे विहान विराटनगरमा प्रभातफेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो ।

देवकोटा चौकबाट शुरु ¥यालीले बजार परिक्रमा गरि पुन ः देवकोटा चौकमा आएर समापन भएको थियो । अभियान अन्र्तगत आज साँझ ५ वजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिने कार्यक्रम तय गरिएको सामाकिज विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार १६ दिन भरि नै जनचेतनामुलक विविध कार्यक्रम सञ्चालन हुने छ ।

साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।