प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन् :ओली
चितवन, १० मंसिर /एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।
१०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे । उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए ।
https://youtu.be/QfHWUpUrfvU
कांग्रेस खोटाङको स्थगित मतगणना सुचारु
खोटाङ, १० मंसिर ।नेपाली कांग्रेस खोटाङको स्थगित मतगणना करिब १४ घन्टापछि सुचारु भएको छ । जिल्ला कार्यसमितिको पदाधिकारीको मतगणनाका क्रममा बिहीबार राति सभापतिका उम्मेद्वार सर्वधन राई समूहले डिस्कलर्ड (रंग उडेको) मतपत्र भेटिएको भन्दै विवाद गरेपछि मतगणना रोकिएको थियो ।
डिस्कलर्ड मतपत्रका विषयमा विवाद सुरु गरेका राई पक्षले जिल्ला निर्वाचन अधिकृतको कार्यालयसमक्ष असहमतिको निवेदन नै दर्ज गरेका थिए । विवादका कारण मत गणनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । हार्ने निश्चित भएपछि धाँधली भएको भन्दै विवाद निकालिएको अर्को पक्षको दावी छ ।
कडा सुरक्षा व्यवस्थाका साथ दिक्तेलस्थित कांग्रेस पार्टी कार्यालयमा शुक्रबार दिउँसो १ बजेदेखि मतगणना सुचारु गरिएको हो । ७ मंसिरमा भएको मतदानका क्रममा एक हजार तीन सय २२ मत खसेकामा एक हजार एक सय मतगणना भइसकेको छ ।
दुई सय २२ मत गन्न बाँकी रहँदा सभापतिका उम्मेद्वार विष्णुकुमार राई ८० मतले अगाडि देखिएका छन् । पूर्वसभापति रहेका विष्णुकुमारले पाँच सय ७१ मत पाउँदा पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री रहेका सर्वधनले चार सय ९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विष्णुकमारको प्यानलले नै अग्रता कायम राखेको छ । सभापतिका उम्मेद्वार विष्णुकुमार पौडेल र सर्वधन देउवा निकट मानिन्छन् ।


