नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको सम्मेलन भोलि
धनकुटा । नेकपा माओवादी केन्द्र पाख्रीवासको नगर सम्मेलन भोलि हुँदै छ । कृषि अनुसन्धान केन्द्र फार्मको सभाहलमा हुन लागेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीका नगर अध्यक्ष मुक्ती बजगाईले जानकारी दिनुभयो ।
सम्मेलनलाई पूर्व संविधानसभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य हेमराज भण्डारी,पूर्व शिक्षा राज्यमन्त्री धनमाया विक,१ नं प्रदेश संसद कुसुम कुमारी श्रेष्ठ,पार्टीका जिल्ला संयोजक ऋषीराम ढुंगाना लगायत जिल्ला तथा पालिका स्तरका नेताहरुले सम्बोधन गर्ने जनाईएको छ । सम्मेलनले नयाँ नगर कमिटी समेत चयन गर्ने छ ।

यो पनि…प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन् :ओली
चितवन, १० मंसिर /एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।
१०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे । उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए ।
https://youtu.be/QfHWUpUrfvU


