पर्यटकीय क्षेत्र तिनजुरे मिल्मे जलजले (टिएमजे) काे प्रवेशद्वारमा सुविधायुक्त गेष्टहाउस

तेह्रथुम, ११ मंसिर /पूर्वी पहाडि क्षेत्रकाे पर्यटकीय क्षेत्र तिनजुरे मिल्मे जलजले (टिएमजे) काे प्रवेशद्वारमा सुविधायुक्त गेष्टहाउस खुलेकाे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको यो पर्यटकीय गन्तव्यमा बर्षेनी हजारौं पर्यटक आए पनि सुविधायुक्त बस्ने स्थान नहुँदा समस्यामा पर्दै आएका थिए ।

कोशी राजमार्गको बसन्तरपुर बजारदेखि करिब २० मिनेटको दुरीमा रहेको तिनजुरे पाथीभारामा दर्शन गर्न आउने संख्या उतिकै चाप हुने गर्छ । तर ,यहाँ नजिकै सुबिधायुक्त होटल नहुँदा बसन्तपुर नै झर्नु पर्ने अवस्था थियो । पर्यटकलाई सेवा दिने उदेश्यका साथ लालीगुराँस नगरपालिकाको टुटे बजारमा हिमगंगा गेष्ट हाउस सञ्चालनमा आएको हाे ।

खासगरी गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकको ओइरो लाग्ने गरेको छ । २९ सय उचाइमा रहेको यो क्षेत्रमा आउने पर्यटक चारैतिर हिमालको दृश्यावलोकन गर्दै हरियाली वातावरणमा रमाउने गरेका छन् । पर्यटकलाई सेवा दिने उदेश्यले ५० लाख लगानीमा हाेटेल सुरुवात गरेको सञ्चालक श्री कार्कीले बताए । स्थानीय परिकारसँगै स्वदेशी र विदेशी खाजाका साथै लोकल कुखुराको परिकार गेष्ट हाउसमै पाइने उनले बताए । खाना बस्न मात्र नभई विवाह, पार्टी र बर्थ डेका लागि समेत निशुल्क हल उपलब्ध गराउने कार्कीको भनाइ छ ।

भुसालद्वारा उपाध्यक्षमा उम्मेद्वारी घाेषणा

चितवन। नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्। चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन्। उनले आफ्नो सामाजित संजाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन्।

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।