भुटानी शरणार्थीका तीन माग, पूरा गर्न नसक्ने प्रदेश सरकारको जबाफ

झापा, १२ मंसिर /भुटानी शरणार्थीको सहयोग र उनीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले पुनर्वास योजनामा अमेरिका पुगेकाहरूको संगठन इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधि नेपालमा रहेर लविङ गरिरहेका छन् ।दुई सातादेखि नेपालमा रहेका उनीहरूले शीर्ष राजनीतिज्ञलाई भेटेर झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेका छन् । राजनीतिज्ञहरूबाट सकारात्मक जबाफ पाएको सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।

तर, प्रदेश १ सरकारले आफूले सो माग पूरा गर्न नसक्ने सार्वजनिक रूपमा जबाफ दिएको छ । इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिबार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता र स्वदेश फिर्ताको व्यवस्था गर्ने माग आफ्नो क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका हुन् ।

तर, उनले संघीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए । उक्त तीन मागमध्ये एउटा पूरा गरिदिन इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले आग्रह गरेका थिए । शिविरमा रहेका शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्राले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि नै इन्ट्राले ८० वर्ष पुगेका करिब १३२ जनालाई मासिक पाँच हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।

डे केयर भवन उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष अधिकारीले शिविरमा रहेकाहरूलाई केही समस्या परे आफूहरूले सक्दो समाधान गर्न बताए ।
नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको इन्ट्राले मेरो भ्वाइसकप अमेरिका यूएसए–२ र मेरो डान्स कप यूएसए–४ को उद्घाटन पनि गरिएको छ ।

अमेरिकार र क्यानडामा रहेका नेपाली भाषीहरूले आउँदो जनवरीबाट आवेदन दिन सकिने अध्यक्ष अधिकारीले जानकारी दिए । शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा प्रेमराजा महत, दिलीप रायमाझी, प्रमोद खरेल, केकी अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, प्रविण भेटवाल, निशान भट्टराईलगायत एक दर्जनभन्दा बढी कलाकारले आआफ्नो प्रस्तुती दिएका थिए । गायक प्रेमराजा महतले ‘पानको पात’ गाउँदा अतिथि कलाकार वर्षा राउत र केकी अधिकारीसहित कलाकारसँग मुख्यमन्त्री राई छमछमी नाचेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖