धनकुटा कांग्रेसको स्थगित निर्वाचन प्रक्रिया भोलिबाट
धनकुटा,१२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनतर्गत अनिश्चित समयका लागि स्थगित भएको धनकुटाको निर्वाचन प्रक्रिया सोमबार बिहानबाट सुरु हुने भएको छ ।
मंसिर ६ गते सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा संस्थापन र संस्थापन इतरका जिल्ला नेताहरु विच विवाद भए पछि निर्वाचन समिती जिल्ला निर्वाचन कार्यलयले अनिश्चित कालका लागि स्थगित गरेको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरिगत धनकुटा जिल्ला सभापती पदका लागि संस्थापन पक्ष बाट दिनेश राई र संस्थापन इतर बाट कमोट फागो सभापतीका आकाक्षी रहेका छन् । २ प्रदेशसभा रहेको धनकुटामा दुबै क्षेत्रमा पार्टी सभापती शेरबहादुर देउवा पक्षका अधिकांश नेता विजयी भएका छन् ।
इलाममा १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन
इलाम, १२ मंसिर ।आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर इलामको नौ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । पालिकास्तरमै नामदर्ता कर्मचारी खटाएर १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेकाे हाे ।
हरेक पालिकामा १० दिन फोटो खिच्ने र नाम दर्ता हुने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए । इलाममा दुई चरणमा नामावली संकलन गरिँदैछ । पहिलो चरणमा पाँच वटा र दोस्रो चरणमा चार पालिकामा मतदाता नामावली संकलन हुनेछ । पहिलो चरणमा माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकामा नामावली संकलन हुनेछ । पालिकाको केन्द्रमा हुने नामावली १७ मंसिरबाट सुरु भएर २६ मंसिरमा सम्पन्न हुनेछ ।
यस्तै, दोस्रो चरणमा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माई नगरपालिका र चुलाचुली गाउँपालिकामा मतदाता नामावली संकलन हुने छ । दोस्रो चरणमा मतदाता नामावली संकलन हुने पालिकाहरूमा २९ मंसिरबाट सुरु भएर ९ पुससम्म चल्नेछ । जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकामा भने विषेश कार्यक्रमअन्तर्गत मतदाता नामावली संकलन नहुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएकाले इलाममा विषेश कार्यक्रम नहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् ।
स्थानीय तहको भन्दा फरक ठाउँको ठेगना भएकाहरू भने नामावली संकलन गराउनको लागि बसाई सराईको कागज पेश गर्नुपर्ने छ । अन्यत्र भएर विवाह गरेर आएकाहरूले भने विवाह दर्ताको प्रमाण पेश गर्नुपर्ने छ । स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलनको लागि यसअघि फोटोसहितको मतदाता नामावली संकलनमा खटिएका अनुभवी कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।
फोटोसहितको मतदाता नामावली संकलनको लागि जिल्ला स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको छ भने पालिकास्तरमा पनि सरोकारवालसँग अन्तरक्रिया गरिने छ । मतदाता नामावली संकलनका लागि कर्मचारीलाई तालिम दिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका भित्रै इलाममा पनि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेको हो ।


