झापामा बस यसरी पुलमा ठोक्किएपछि
झापा, मंसिर १२ । झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दु र्घटना हुँदा १ जनाको मृ त्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
आज दउँसो साँढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दु र्घटना हुँदा १ जनाको मृ त्यु र २२ जना घा ईते भएका हुन् । दु र्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृ त्यु भएको हो । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि. एण्ड सि. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
इलाममा १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन
इलाम, १२ मंसिर ।आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर इलामको नौ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । पालिकास्तरमै नामदर्ता कर्मचारी खटाएर १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेकाे हाे ।
हरेक पालिकामा १० दिन फोटो खिच्ने र नाम दर्ता हुने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए । इलाममा दुई चरणमा नामावली संकलन गरिँदैछ । पहिलो चरणमा पाँच वटा र दोस्रो चरणमा चार पालिकामा मतदाता नामावली संकलन हुनेछ । पहिलो चरणमा माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकामा नामावली संकलन हुनेछ । पालिकाको केन्द्रमा हुने नामावली १७ मंसिरबाट सुरु भएर २६ मंसिरमा सम्पन्न हुनेछ ।
यस्तै, दोस्रो चरणमा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माई नगरपालिका र चुलाचुली गाउँपालिकामा मतदाता नामावली संकलन हुने छ । दोस्रो चरणमा मतदाता नामावली संकलन हुने पालिकाहरूमा २९ मंसिरबाट सुरु भएर ९ पुससम्म चल्नेछ । जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकामा भने विषेश कार्यक्रमअन्तर्गत मतदाता नामावली संकलन नहुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएकाले इलाममा विषेश कार्यक्रम नहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् ।
स्थानीय तहको भन्दा फरक ठाउँको ठेगना भएकाहरू भने नामावली संकलन गराउनको लागि बसाई सराईको कागज पेश गर्नुपर्ने छ । अन्यत्र भएर विवाह गरेर आएकाहरूले भने विवाह दर्ताको प्रमाण पेश गर्नुपर्ने छ । स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलनको लागि यसअघि फोटोसहितको मतदाता नामावली संकलनमा खटिएका अनुभवी कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।
फोटोसहितको मतदाता नामावली संकलनको लागि जिल्ला स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको छ भने पालिकास्तरमा पनि सरोकारवालसँग अन्तरक्रिया गरिने छ । मतदाता नामावली संकलनका लागि कर्मचारीलाई तालिम दिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका भित्रै इलाममा पनि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेको हो ।


