एमाले अध्यक्षमा केपी ओलीले दर्ता गरे उम्मेदवारी

काठमाडौं, १३ मंसिर/नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

यो पनि पढ्नुहोस… काठमाडौं। काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा पनि काँग्रेस संस्थापन (शेरबहादुर देउवा) पक्ष महाधिवेशन प्रतिनिधिमास्पष्ट बहुमतमा देखिएको छ । हालै सम्पन्न गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा भएको क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिमा कांग्रेस सभापति देउवा पक्षको भारी बहुमत देखाएको हो । पौडेलको आफ्नै गृह जिल्ला तनहुँमा देउवा पक्षकै अग्रता देखिएको छ ।केन्द्रीय सदस्यहरु शंकर भण्डारी र गोविन्द भट्टराई र आमन्तित्र केन्द्रय सदस्य नेता ध्रुब वाग्लेसमेत देउवा पक्षमा एकढिक्का भएर उभिएपछि महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अल्पमतमा परेको हो । दुई क्षेत्र रहेको तनहुँमा देउवा पक्षमा स्पष्ट २८ मत परेको छ । पौडेल पक्षमा भने २२ मत मात्र आएको छ । तनहुँको महाधिवेशन प्रतिनिधि निर्बाचनमा देउवा पक्षको बहुमत हुनु आफैमा नौलो बिषय रहेको चर्चा तनहुँ काँग्रेसका नेता कार्यकर्तामा चलेको छ ।

यता गण्डकीकै स्याङजामा भने बराबरीको अबस्था देखिएको छ । स्याङजाका दुबै क्षेत्रमा गरी २५–२५ को अबस्था रहेको जानकारीमा आएको छ । यस्तै गोर्खामा पनि संस्थापन पक्ष बहुमतमा देखिएको छ । दुई क्षेत्र भएको गोरखामा संस्थापन पक्षको ३२ प्रतिनिधि देखिएको छ भने इतर समूहको १८ मत रहेको छ । गोरखामा चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र निवर्तमान सभापति हरि घले देउवा समूहको हस्तीका रुपमा चिनिन्छन् ।गण्डकीमा जिल्ला सभापतिमा पनि देउवा पक्षले बहुमत सुरक्षित गरेको छ । यता एउटा क्षेत्र रहेको मनाङमा देउवा पक्षमा २४ मत र संस्थापन इतर समूहमा १ मत मात्र आएको छ । मनाङमा झण्डै ‘क्लिन स्विप’ को अबस्था रहेको हो ।

मनाङमा पूर्व मन्त्री पाल्टेन गुरुङ र टेकबहादुर गुरुङ देउवा पक्षका पिल्लर मानिन्छन् । अर्को हिमालपारीको जिल्ला मुस्ताङमा भने देउवा पक्ष केही कमजोर देखिएको छ । यद्यपी सभापति रोमी गौचननै देउवा पक्षमा आउने सम्भावना भएकोले त्यो अवस्थामा क्लिन स्पिनै हुने पनि छ ।यता एउटा मात्रै क्षेत्र रहेको म्याग्दीमा पनि देउवा पक्षको १८ र देउवा इतरको सात जना मात्रै महाधिवेशन प्रतिनिधि आएका छन् । एउटा मात्रे क्षेत्र रहेको पर्वतमा पनि संस्थापन पक्षले २० महाधिवेशन प्रतिनिधि आफ्नो पोल्टामा पारेको छ ।केन्द्रीय नेता अर्जुन जोशीलगायतका नेता देउवा समूहका हस्ती मानिन्छन् । बागलुङ र लमजुङमा भने संस्थापन समूह थोरै मतले पछाडि देखिएको छ । बागलुङका दुई क्षेत्रमा गरी संस्थापन समूहको १५ महाधिवेशन प्रतिनिधि चुनिँदा इतर समूहले भने ३५ प्रतिनिधि हात पारेको छ । लमजुङमा पनि संस्थापन समूहले दश प्रतिनिधि पाउँदा इतर समूह १५ प्रतिनिधिसहित बहुमतमा छ । कास्कीका ७५ महाधिवेशन प्रतिनिधिमा इतर समूह केही अगाडि छ ।

तर तीन क्षेत्रका ७५ प्रतिनिधिमध्ये ३२ जना संस्थापन पक्षका हुन् । तर सिटौला र शेखर कोइरालाका पनि छुट्टाछुट्टै प्रतिनिधि रहेकाले कास्कीमा पनि देउवा समूह नै झिनो मतले अगाडि देखिएको छ । दुई क्षेत्र रहेको नवलपुरमा पनि आधा–आधीको अवस्था देखिएको छ ।दुई–तीन मत मात्र यताउता हुनसक्ने अबस्था रहेको जानकारीमा आएको छ । गण्डकीका दश जिल्लामध्ये सात जिल्ला सभापतिको निर्बाचन परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये मनाङ, लमजुङ, पर्वत र म्याग्दीका सभापति देउवा पक्षीय हुन् ।स्याङजामा निर्वाचित सभापति राजु थापा केन्द्रमा सभापति देउवा निकट मानिन्छन् भने मुस्ताङ र गोर्खामा निर्बिरोध चयन भएका सभापतिहरुको पनि देउवातिरै झुकाव देखिएको छ । तनहुँ, कास्की र बागलुङको सभापति चयन प्रक्रिया जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।