सबै कार्यकारी भूमिकाबाट बिदा लिने लालबाबु पण्डितको घोषणा

काठमाडौं, १३ मंसिर/एमालेका नेता लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।

आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए । यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको भनाइ थियो ।ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् ।

नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा पराजित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट उठेका भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।

तेह्रथुमका सबै पालिकामा १७ मंसिरबाट मतदाता नामावली संकलन
तेह्रथुम, १३ मंसिर/तेह्रथुमका सबै ६ पालिकामा आगामी १७ मंसिरबाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका वा नाम दर्ता गर्न उमेर पुगेका १६ बर्षमाथिका नागरिकको नामावली संकलन गरिने छ ।

कार्यालयका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार विवाह गरेका महिलाको हकमा विवाह दर्ता र अन्यत्रबाट बसाई सरी आउने नागरिकहरू बसाइसराइको प्रमाणपत्र आवश्यक पर्नेछ । कार्यालयका अनुसार नामवली संकलनका लागि सबै नगर तथा गाउँपालिकामा कर्मचारी खटिने छन् । नागरिकहरूलाई मत दिने अधिकार उपयोग गराउन सरोकारवालाहरूले प्रचारप्रसारमा जुट्न कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

जिल्लाका पाँच वटा स्थानीय तह लालीगुराँस नगरपालीका, छथर गाउँपालिका, फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा यही १७ मंसिरदेखि २६ मंसिरसम्म प्रत्येक पालिकाको केन्द्रमा नामावली दर्ता संचालन हुने बताए । यसैगरी म्याङलुङ नगरपालिकाको हकमा १७ मंसिरबाट २६ मंसिरसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।