जसपा पाख्रीवास नगर कमिटी कार्यालयको उद्घाटन

धनकुटा ।जनता समाजवादी पार्टी (जसपा) पाख्रीवास नगर कमिटी कार्यलयको आज उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य एवम् नं १ प्रदेशसभा सदस्य आरसी तुम्बाले एक कार्यक्रमको बीच पार्टी कार्यालयको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले जसपाका नेता कार्यकर्तालाई जनताको काममा सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका जिल्ला समन्वय समिति सह- सचिव डम्बर कटुवाल,नगर कमिटीका अध्यक्ष जितेन्द्र माङपाहाङ राई सहित अन्य पधाधिकारीको उपस्थित थियो ।

यो पनि…एमाले महाधिवेशन : तीन पक्षबीच प्रतिस्पर्धा
काठमाडौं, १२ मंसिर /नेकपा एमालेको १०औँं महाधिवेशन सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि सुषुुप्त रुपमा रहेको तीनवटा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका नेताहरूले पार्टीभित्र कुनै गुटबन्दी नभएको दाबी गरिरहे पनि अध्यक्ष केपी शर्मा ओली पक्षधर, असन्तुष्ट १० नेता पक्षधर र पूर्व माओवादी पक्षधरबीच निर्वाचन हुने प्रष्ट देखिएको छ ।

पूर्व माओवादी पक्षधरबाट उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट, खुल्ला केन्द्रीय सदस्यमा मणिचन्द्र थापा र प्रदेश २ क्लष्टरबाट प्रभु साह उम्मेदवार छन् भने सो समूहलाई अध्यक्ष ओली पक्षधरले बढी मात्रामा समर्थन जनाउने सम्भावना रहेको छ ।

तर, निवर्तमान अध्यक्ष ओलीसँग असन्तुष्ट रहेका १० केन्द्रीय नेताहरूले ओली र माओवादी पक्षधर नेताहरू प्रस्तावित पदमा उम्मेदवार दिएकाले चुनौती थपिएको छ । उपाध्यक्ष थापाको स्थानमा भीम रावल तथा रायमाझी र भट्ट प्रस्तावित रहेको सचिवको स्थानमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनौती थपिएको हो । पूर्व माओवादी खेमालाई भने ओली पक्षले समर्थन जनाउने भए पनि प्रतिनिधिले के गर्छन ? अनुमान गर्न नसकिने नेताहरूको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।