कॉंग्रेस अधिबेशन :धनकुटामा भोली विहानबाट मतदान हुने

धनकुटा,१३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको कार्यसमिती र महाधिबेसन प्रतिनिधीका लागि भोली विहानबाट मतदान हुने भएको छ । आज निर्वाचन समितीले प्रतिष्पर्धा गर्नेहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

जस अनुसार सभापति पदमा दिनेश राई र कमोट फागो बिच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै उपसभापतीमा निर्मल ओझा, रमेश इवहाग, रुकमान तामाग सन्तोष,सुनिक कुमार ढंगोलले बिच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै सचिवपदका लागि जयन्द्र घिसिग, तिर्थ राई, राजेन्द्र प्रसाद पौडेल र विजयसन्तोषी राई बिच प्रतिष्पर्धा हुदैछ ।

सहसचिव पदका लागि अम्बिका राई, गिरिजाप्रसाद दाहाल,झणेन्द्र प्रसाद खतिवडा र रोशन श्रेष्ठ विच प्रतिष्पर्धा हुने भएको छ ।

यो पनि…एमाले प्रदेश-१ मा महिला केन्द्रीय सदस्य निर्विराेध, खुलामा प्रतिस्पर्धा हुन सक्ने
काठमाडौं, १२ मंसिर/नेकपा एमालेको १०औं महाधिवेशनमा प्रदेश १ मा महिला उम्मेदवार निर्विराेध भए पनि खुला कोटामा भने प्रतिस्पर्धा हुने देखिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश-१ को खुलातर्फका ६ कोटाका लागि सातजनाको उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा हुने देखिएको हो ।

जसअनुसार किशोरकुमार अधिकारी, टंकआङबुहाङ लिम्बू, तिलकुमार मेन्याङबो लिम्बू, दुर्गाकुमार थापा (स्वस्ति), धर्मराज निरौला, पर्शुराम अधिकारी, भाष्कर काफ्ले, राजेन्द्रकुमार राई र बसन्तकुमार नेम्वाङले उम्मेदवारी दर्ता गराएपछि आन्तरिक प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।आन्तरिक प्रतिस्पर्धा नहुन सातमध्ये एकजनाले मात्रै उम्मेदवारी फिर्ता लिएमा निर्विराेध हुन पाउने छन् । तर, प्रदेश १ बाट तीन जना महिलाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।