मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल

खोटाङ, १४ मंसिर ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल वितरण गरिएको छ । ढिकी जाँतोमा अन्न पिस्दैआएकालाई लक्षित गरी वडा कार्यालयले तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरेको हो ।

१३ असार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि थालिएको विद्युतीय कुटानीपिसानी मिल वितरण अभियान पूरा भएको वडाध्यक्ष रमेश राउतले बताए । महिलाको सुविधाका लागि वडा कार्यालयले विभिन्न टोलमा १९ वटा कुटानी पिसानी मिल उपलव्ध गराएको छ ।

ढिकी जाँतो विस्थापनका लागि वडा कार्यालयले विनियोजन सोमबार घुर्चु, डाँडागाउँ, गैरीटोल, बरबोट, करमबोट र राउत टोलका आमा समूहलाई ६ वटा कुटानी पिसानी मिल वितरण गरेकाे छ । आमा समूहलाई प्रति समूह ४९ हजार पर्ने विद्युतीय कुटानी पिसानी मिल प्रदान गरिएको वडाध्यक्ष राउतले बताए ।

वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा चार वटा, आर्थिक वर्ष २०७५/०७६ मा नाै वटा र चालु आर्थिक वर्ष ६ वटा मिल बाँडेकाे हो । ढिकीजाँतोमा अन्न पिस्न समय लाग्ने र श्रम पनि बढी खर्च हुने भएकाले मिल वितरण गरिएको हो । टोलका एक स्थानीयमार्फत मिल सञ्चालनको व्यवस्था मिलाइएको छ ।

एउटा मिलले टोलका १५/२० घर स्थानीय लाभान्वित भएका छन् । नगरपालिकाबाट बजेट व्यवस्था गर्न सकिए महिला समूहलाई थप कुटानी पिसानी मिल उपलव्ध गराइने वडाध्यक्ष राउतले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖